सोलोमन द्वीपसमूहमा शनिबार बिहान ७ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीसी) का अनुसार सोलोमन द्वीपसमूहको तटीय क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प महसूस गरिएको छ । तर, यो भूकम्पबाट सुनामीको कुनै सम्भावना भने नरहेको अमेरिकन भूगर्भ विभागले जनाएको छ ।
शुरुआती रेकर्डमा भूकम्प ७.५ म्याग्निच्यूडको भएको समाचार आएको थियो । पछि रेकर्डमा सुधार गरेर भूकम्प ७ म्याग्निच्यूड बताइएको हो ।
यो भूकम्पको केन्द्रबिन्दु सोलोमन द्वीपसमूहको लाताबाट ७८ किलोमीटर पश्चिम-उत्तरमा रहेको थियो । यो स्थान राजधानी होनियाराबाट लगभग ५८३ किलोमिटरको दुरीमा रहेको छ ।
भूकम्प ७.३ म्याग्निच्यूडको बताउँदै जियोसाइन्स अस्ट्रेलियाले भूकम्प प्रभावित क्षेत्रको केही हजार किलोमीटर परसम्मको भूभागमा सुनामी आउने आशंका जनाएका थिए ।
अमेरिकाको हवाईस्थित प्रशान्त सुनामी चेतावनी केन्द्रले यो भूकम्प ६.९ म्याग्निच्यूडको भएको जनाएको छ । सबै तथ्यांकको अध्ययनपछि वैज्ञानिकहरुले सुनामीको आशंका करिब समाप्त भएको जनाएका छन् ।
यसअघि सन् २०१३ मा सोलोमनमा ८ म्याग्निच्यूडको भूकम्पपछि सुनामी आउँदा सो क्षेत्रमा १० जना मानिसको ज्यान गएको थियो । सुनामीले बस्ती भत्काउँदा हजारौं मानिस विस्थापित भएका थिए। अन्नपुर्ण पोस्ट बाट
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला !
भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला।