काठमाडौंमा जनजातिको मार्चपास, थारु आन्दोलनप्रति ऐक्यवद्धता -


९ भदौ, काठमाडौं । आदिवासी जनजातिले बुधबार काठमाडौंमा बृहत मार्चपास गरेको छ । आदिवासी जनजाति बृहत संयुक्त मोर्चाको आहृवानमा खुलामञ्चबाट सुरु भएको मार्चपास बानेश्वरमा आएर खबरदारी सभामा परिणत भएको थियो । आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले मार्चपास तथा खबरदारी सभा थारु आन्दोलनको समर्थनमा पनि भएको बताए । उनले भने-‘थारु आन्दोलनमा हाम्रो एक्येवद्धता छ । थारुको जायज मागलाई सम्बोधन गर्नुपर्छ ।’