कैलालीमा प्रहरी हत्याकान्डमा संलग्न रहेको आरोपमा ४ पक्राउ (भिडियो)

कैलाली, भदौ ८ । धनगढीमा जिल्लास्थित सुरक्षा अधिकारीहरुको बैठकले कैलालीको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल गर्दै नयाँ सुरक्षा रणनीति तय गरेको छ ।


मंगलबार अपरान्ह जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा अधिकारीहरुको बैठकले समग्र अवस्थाको जायजा लिइ सबै सुरक्षा संयन्त्रहरुबीच समन्वय गरी अघि बढ्ने निर्णय गरेको हो ।

बैठकले धनगढीमा मंगलबार साँझ ७ बजेदेखि कर्फ्यु हटाएउने र बुधबार बिहानदेखि कर्फ्यु लगाउने निर्णय पनि गरेको छ ।

बैठकमा मंगलबारै मात्र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका मोहन चापागाइँ, नेपाल प्रहरीका नयाँ डीआइजी माधव नेपाल, सशस्त्र प्रहरीका नयाँ डीआइजी सुरज श्रेष्ठ र एसएसपी दिनेश अमात्यलगायत सहभागी थिए ।

यसैबीच, प्रहरीले सोमबार टीकापुरको घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन ।