उनी गत अगस्ट ७ देखी १६ सम्म अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा भएको फेस्टिबल अफ ग्लोबमा विशेष प्रस्तुति गर्न पनि अमेरिका आएकी हुन् l नेपालबाट के लिएर अमेरिका आउनु भएको थियो भन्ने सवालमा नन्दिताले भनिन म विश्वलाई नेपाली चलचित्र उद्योगको बारेमा चिनारी गराउन देशको प्रतिनिधित्व गर्दै नेपाल बाट अमेरिका आएको बताईन l
अमेरिकामा के पाउनु भयो भनी जिज्ञासा राख्दा अमेरिकाको व्यस्त जीवनमा समय व्यवस्थापन गरी नेपालीले समुदायले नेपाली कलाकार प्रति देखाएको माया ,सद्भाव ,समर्थन र सकारात्मक धारणाले हामी कलाकार उत्साहित र उत्प्रेरित भएको नन्दिताले भनिन l कलाकारलाई हौसला चाहिन्छ र नेपाली चलचित्र निकै माथि उठेको चर्चा परिचर्चा समुदायले गरी दिदा त्यो नै हामीले प्राप्ति ठानेका छौ l
उनले आफू परदेशमा छु l उनलाई तपाईँ कुन थर भन्ने प्रश्न राख्दा उनले टिकापुरको कहाली लाग्दो घटना सम्झदै झसंग हुँदै उनले भनिन म सर्वप्रथम नेपाली हु l नेपाल आमा रोएको हेर्न सक्दिन l म नेपाललाई औधि माया गर्छु भनिन l अगस्त ३० तारिख अमेरिका छोड्ने भन्दै अमेरिकाले कलाकारलाई ठुलो सम्मान दिने रहेछ भन्दै अमेरिकाले सुविधा दिने भएकोले कलाकार पनि बस्न मन पराउने देश रहेछ l यहाँ बसे पनि कलाकारहरूले कला ,संस्कृति र सङ्गीतलाई उत्तिकै प्रबर्धन र निरन्तरता दिई रहेको आफूले महसुस गरेको नन्दिताले भनिन l अमेरिकाको बसाइमा अमेरिकाको क्यालिफोर्नियाको नगर प्रमुखले सम्मान गरेकोमा समाज सेवी अनिल पाण्डे तथा नगेन्द्र महतोलाई धन्यवाद दिन चाहेको बताईन l नेपाली अमेरिकन कलाकार मञ्च न्युयोर्कले आफूलाई सम्मान गरेकोमा सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिन चाहेको बताईन l
नेपाली चलचित्र ,कला र संस्कृतिको लागि नेपालमा मात्र बसेर हैन विदेशमा बसेर पनि जगेर्ना गर्न सकिने आफूले अमेरिकाको भ्रमणमा महसुस गरेको बताईन l नेपाली समुदायको जनघनत्व विदेशमा पनि बढेकोले नेपाली चलचित्रको बजार विस्तार पहिलेको तुलनामा निकै झाँगिएको आफूले पाए l
म अमेरिका पनि देशको आर्थिक कोष वृद्धि हेतु पनि आएको बताउदै नेपालमा भूकम्प पीडितको लागि हामी सबैका लागि भन्ने संस्था मार्फत नेपालका विभिन्न ठाउँमा करिब ५ सय अस्थाई घर बनाएको उल्लेख गरिन l पाँच खालको रामपुरमा ४ दिनमा ४० वटा घर आफ्नो खल्तीबाट समेत पैसा उठाएर बनाएको भन्दै ३ वटा पाठशाला पनि निर्माण गरेको बताइन l जाने २- ४ दिन मात्र भएकोले अमेरिकामा भएका नेपाली समुदायलाई संदेश दिदै अमेरिकाबारे मानिसबाट धेरै सुनेको थिए सुनेको भन्दा यहाँ आउदा अझ राम्रो लाग्यो नन्दिताले भनिन l
यसपालिको भ्रमणमा धेरै नेपाली समुदायसँग भेटघाट हुने मौका पाइन l अवसर र समय मिल्यो भने निकट भविष्यमा यस्तै अन्य सांस्कृतिक तथा कार्यक्रम लिएर फेरी भेटघाट गर्ने अभिनेत्री नन्दिताले केसीले बताईन l देश प्रति नेपाली समुदायको अझ माया रहेछ भन्दै सदैव यस्तै सोचाई र माया कायम रहोस् भनिन l