छवि ओझासँग ब्रेकअप भएपछि सिंगल बनेकी नायिका रेखा थापालाई चाहनेहरुको अझै कुनै कमी छैन । स्वयम् रेखाले पनि बेला बेलामा आफू योग्य वरको खोजीमा रहेको अभिव्यक्ति सार्वजनिक गरेपछि आश गर्नेहरु पनि धेरै छन् । यसैबीच रेखा थापा भने एकजनालाई औंठी दिने उदेश्यले युएई उड्दै छिन् । यो खबरले मलेसियामा रहेका रेखालाई चाहनेहरुको मुटुको ढुकढुकी अझ बढाइदिएको छ । रेखाले दिने औंठी आफूले नै लगाउँन पाऊँ भन्नेको संख्या पनि बढेको छ । सँगै रेखाले दिने औंठी लगाउँन पाउँने भाग्यमानी को होला त ? भन्ने अर्को खुल्दुली पनि बढाइदिएको छ । हिन्दू नारीहरुको पर्व हरितालिका तीजको अवसरमा यूएईका विभिन्न शहरहरुमा हुने तीज उत्सवमा सहभागी हुन् कलाकारहरुको एक टोलीको साथमा रेखा युएई पुगेकी हुन् ।पछिल्लो समय विदेशतिर अत्यधिक माग भएपनि हत्तपत्त सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो उपस्थिति नजनाइहाल्ने रेखा मानव कल्याणका लागि हुन लागेको तीज उत्सवमा भने सहभागीता जनाउन त्यसतर्फ जान लागेका हुन् । कार्यक्रममा रेखाका अलावा कलाकार तथा संचारकर्मी श्याम अर्याल, हास्यकलाकारद्धय किशोर भण्डारी ‘डिट्ठासाब’ र रेशमा तिमल्सिना ‘बुनु मैचा’, गायक परशुराम रिजाल, लोक गायिका मिना अधिकारीका साथै यूएइइका स्थानीय कलाकारहरुको सहभागीता रहनेछ ।
कार्यक्रममा सहभागीता जनाउने यो टोली बुधबार यूएई प्रस्थन गर्दैछ । यूएईका सारजाह, फुजेरा र दुवईमा हुने तीज उत्सव सेप्टेम्बर ४ र ११ मा आयोजना हुने आयोजकले जनाएका छन् ।
कार्यक्रममा एक जना भाग्यशाली दर्शकले हिराको औँठी उपहार प्राप्त गर्ने आयोजक रतन थापाले जानकारी दिनुभयो । उक्त औँठी रेखाको हातबाट लक्की ड्र मार्फत् भाग्यशाली बिजेतालाई प्रदान गरिने आयोजकको भनाई छ ।