बहिनीसँगसँगै डेरा गरेर बस्ने श्रीमतिलाई स्टाफ नर्स पढाएर विरामीको उपचार गराउने ठूलो धोको अब खरानी भएको छ । मैले बेदशबाट पैसा पठाएर श्रीमति सुमित्रालाई स्टाफ नर्स पढाइरहेको थिएँ । सुमित्रासँग मेरो बिहे उस्ले एसएलसी दिएपछि भएको थियो । सुमित्रालाई मैले नै प्लस टु र स्टाफ नर्स पढाएर विगत २ बर्षदेखि नोवेल मेडिकल कलेजमा काम गर्दै आइरहेकि थिइन ।
गत वर्ष मंसिरमा श्रीमति विएसी गर्न भन्दै काठमाण्डौ आइन । काठमाडौ गएको केही दिनपछि उनले फोन गरेर आफूले बिहे गरेको बताइन । त्यसपछि कुनै सम्पर्क भएको छैन् । पढ्न त मैले नै पठाएको थिए । तर, सम्पर्कमा नआएपछि बहिनीले जिल्ला प्रहरी कार्यालयमा मोरङमा मान्छे हराएको भन्दै उजुरी गरिन् । यस विषयमा प्रहरीले कुनै जानकारी दिएन ।
प्रहरी के भन्छ ?
यता जिल्ला प्रहरी कार्यालय मोरङले गत बर्ष सुमित्रा गिरी हराएको भन्दै खोजी गरिदिन निवेदन परेको जानकारी दिएको छ । सुमित्राको खोजी गर्दा फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।