सिद्धबाबा नजिकै तिनाउमा बस खस्दा २ को शब फेला।


घटनास्थलमा पुगेका सर्बसाधारण र सुरक्षाकर्मीहरु । तस्वीर : कपिल ज्ञवाली/नागरिक अावाज ।

फेला परेका शबहरु । तस्वीर : कपिल ज्ञवाली/नागरिक अावाज ।

बुटवल,साउन २३ ।
बुटवल पाल्पा शडकखण्ड अन्तर्गत पाल्पाको दोभान ५ मा यात्रुबाहक बस शडकबाट तिनाउ नदीमा खस्दा अहिलेसम्म २ जनाको मृत्यु भएको पुष्टी भएकाे छ ।  भने एउटा शब भिरमा देखिएकाे भनिएपनी अझै निकाल्न सकिएकाे छैन ।

बसमा सवार पाल्पा ताहु ५ की  १६ बर्षिया दिब्या श्रेष्ठ र बर्ष २६ का बिष्णु थापाकाे शब भेटिएकाे हाे । घटनामा कम्तिमा ५-७ जनाकाे ज्यान गएकाे अनुमान गरिएकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दीलीप घिमिरेले नागरिक अावाजलाइ बताए ।
उपल्लो सिद्धबाबा नजिकै छहराको छेउबाट बस तल नदीमा खसेपनि बस भने अझै फेला परेको छैन । लु १ ख ५७७१ नम्बरको बसमा करिब २० जना सवार रहेको अनुमान गरिएको छ
इन्सेटमा घेरा लगाकाे क्षेत्र बस खसेकाे स्थान हाे । तर बस साे स्थानमा देखिदैन । तस्वीर : कपिल ज्ञवाली/नागरिक अावाज ।

अहिलेसम्म ३ जनाको शब फेला परेको प्रहरीले जनाएको छ । भारीबर्षाका कारण सो क्षेत्रमा आवतजावतमा समेत कठीनाइ हुने गरेको छ ।

बसमा सवार धेरै यात्रुहरु यात्रुहरु अझै बेपत्ता भएका छन् । सुरक्षाकर्मीहरु उद्धारको निम्ती घटना स्थलमा रहेपनि बस खसेको ठांउमात्र पत्ता लागेको छ । शबहरु नदीले बगाएको छ । तिनाउमा नदीको बहाब उच्च भएका कारण उद्धारमा थप कठिनाइ भएको छ ।

दिउसो भारी बर्षाका कारण उद्धारमा ढिलाइ समेत भएको छ ।  सिद्धाबाबाको भिरको तल घटनास्थल रहेकाले माथिबाट पहिरो खस्ने डरले सर्बसाधारणलाइ प्रबेश दिइएको छैन । सो स्थानमा असार २ गते गएको सुख्खा पहिरोले डाक्टर दम्पतिको ज्यान गएको थियो