नेपालमा अहिले संविधानको मस्यौदामा छलफल भईरहेको छ । त्यस मध्ये चर्चामा रहेको एउटा विषय हो-श्रीमतीले दुई श्रीमान राख्नुपर्छ । तर यस विषयमा मेरो व्यक्तिगत धारणा फरक छ । किनभने संबिधान भनेको देशको मुल कानुन हो । यसले देशको समग्र नीति तय गर्दछ । जस अनुसार देश र र जनता कसरी चल्नुपर्छ भन्ने तय गरिन्छ । त्यसै अनुसार कानुन बन्छन ।
यो युगमा एक चोटी बन्ने कानुनी किताब हो । यसैले हामी महिलाहरु यस्ता कुराहरुमा अलि गम्भिर भएर बोल्नु पर्छ जस्तो लाग्छ । हुन त, हाम्रो देश एउटा पितृसत्तात्मक देश हो । त्यसैले महिलाहरुले भोगेको जुन पिडा छ त्यो पिडाको आक्रोस हुन सक्छ । पुरुषमैत्री कानुनी प्रावधान विरुद्धको अभिव्यक्ति हुनसक्दछ । म त भन्छु हामीले साँच्चै घर समाज र राज्यबाट समान अधिकार पाउन अहिलेको अबस्थामा जायज माग राखी संबिधानमा लिपिबद्ध गराउन सक्नुपर्दछ । पुरुषले घर समाज र राज्यमै हामी महिला प्रति बिभेद गरी घर, समाज र राज्यनै धुमिलाएको छन् भने हामी पनि फेरी त्यहि नकारात्मक सोच राखेर त्यहि बाटो पहिल्याउन हुदैन् । यो विचार तँपाईले विचार प्रधान अनलाईन पत्रिकामा पढ्दै हुनुहुन्छ ।
पुरुषले जे जति गल्ती गर्छ त्यहि गल्ती हामीले पनि दोह्राउनु हुदैन् । बरु हामीले त्यस्ता किसिमका बिभेद घर, समाज र राज्य धुमुल्याउने बिकृती बिसंगतीहरुलाई रोक्न सक्ने कानुन बनाउन सक्नुपर्दछ । संबिधानताः कुनै पनि पुरुषले दुई वटी श्रीमती राख्न नपाउने प्राबधान छ । तर व्यवहारमा श्रीमानले एक भन्दा बढी श्रीमती ल्याएका प्रशस्त उदाहरण हाम्रै सामु छन् । कहि कतै कसैले दोस्रो श्रीमती भित्राउन चाहन्छ भने उसले आफ्नो पहिलो श्रीमतीलाई जीबनभरीको लागि प्रर्याप्त श्रतिपुर्ती दिएर उसलाई खुशी पारेर मात्रै पारपाचुके गर्ने कानुन बनाउनु पर्दछ । अन्यथा कोहि कसैले कानुन बिरुद्ध दुई श्रीमती राख्छ भने त्यस्ता पुरुषलाई सर्बश्व सहित जन्म कैद राख्ने कडा कानुन बनाउनु पर्दछ । र त्यो कानुन व्यवहारिक रुपमै कार्यान्वय पनि हुनुपर्दछ ।
जुन अहिले बन्ने संबिधानमा यस्तो खालको कडा कानुन बन्दैन् तबसम्म महिलाहरु समाजमा बिभेद परेर दासीको रुपमा जीवन यापन गर्न बाध्य हुनेछन् । महिलाहरु पुरुष भन्दा केही कुरामा कम छैनन् भन्ने कुरा राज्यले स्विकार्नुपर्दछ । बहुपत्नी प्रथाको समाधान बहुपतिप्रथा होइन भन्ने मेरो निचोड हो । तशर्थ समस्या बल्झाउनमा होइन समाधान गर्नमा लाग्नुपर्दछ