प्रहरीले हटेल अनुसन्धान गर्दा यसरी युवतीहरू पक्राउ परेपछि

सुनसरी - सुनसरीको इटहरीस्थित एक होटलबाट प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न होटल संचालिकाहसहित दुई जोडीलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाएको छ। यौनजन्य क्रियाकलापमा संलग्न इटहरी नगरपालिका-५ स्थित सपना होटलकी सञ्चालिका सपना श्रेष्ठसहित चार जनालाई इलाका प्रहरी कार्यालय इटहरीले सार्वजनिक ऐेन अन्तरगत मुद्दा दर्ता गरी कारवाही शुरु गरेको हो।

 इलाका प्रहरी कार्यालय इटहरीले विशेष सुराकीको आधारमा होटलहरुमा छापा मार्ने क्रममा दुई महिला तथा दुई पुरुषलाई आपत्तीजनक अवस्थामा फेला पारेको थियो। इटहरीका केही होटलहरुमा यौनजन्य क्रियाकलाप हुने गरेको स्थानीयबाट गुनासो आउन थालेपछि प्रहरीले त्यस्ता होटलहरुमा निगरानी तथा चेकजाँच गर्न थालेको हो।