ज्योति मगरले यस्तो अश्लील भिडीयो निकाले,दर्शक आपतमा (भिडियो हेर्नुस)

दोहोरो अर्थ लाग्ने यो लोकगीत प्रकाश कटवाल र श्रीदेवी देवकोटाले गाएका हुन् । जस–अपजसको पहिलो भागीदार हुनुपर्ने पनि उनीहरू नै हो । तर, भिडियोमा छोटा कपडा लगाएर कम्मर मर्काउने ज्योति मगर चर्चा र विवादको केन्द्रमा रहिन् । सामाजिक सञ्जालदेखि चिया पसलसम्म ज्योतिका बारेमा नानाथरी टिप्पणी सुनिन्छन् । दुई साताको बीचमा युट्युबमा गीत १० लाखपटक हेरिसकिएको छ, जसले सुपरहिट भएको प्रमाणित गर्छ तर ज्योति भने चौतर्फी आलोचनाको सिकार भएकी छन् ।
आलोचना कुन हदसम्म भएको छ भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले शब्द र भिडियो अत्यधिक अश्लील र नेपाली समाजमा अपाच्य भएको ठहर नै गरेको छ । २९ साउनमा चितवनमा कार्यक्रम नै आयोजना गरेर प्रतिष्ठानका अध्यक्ष अम्मर विरही गुरुङले सरकारसँग तत्काल यो गीतको प्रसारण रोक्न आग्रह नै गरे ।

अमेरिकामा बस्ने लोकगायक रामप्रसाद खनाल त ज्योतिको मामलामा अझ क्रूर देखिए । लोकगीत पवित्र क्षेत्र भएकाले आफ्नो नग्नता र उत्ताउलोपनले दूषित पार्ने धृष्टता नगर्न उनले फेसबुकमार्फत आग्रह गरेका छन् । उनले लेखे, ‘देखाएकै भरमा हिट हुने भूत चढेको हो भने तिमीलाई ‘नीला फिल्म’ खेलेर चर्चित हुन झन् छिटो होला ।’ यस्ता चर्काे आलोचना खेप्नु परिरहेका बेला २७ साउनमा ज्योतिले अर्को तनाव झेल्नु पर्‍यो, जब बालाजुमा गीत सुटिङ गर्दा–गर्दै स्थानीय महिलाले उनलाई पिटेको हल्ला भाइरल बन्यो ।

पछिल्लो डेढ वर्षमा उनले पटक–पटक यस्ता स्क्यान्डलको सामना गर्नुपरेको छ । एनटीभी प्लसमा उत्ताउलो लुगा लगाएर वक्षस्थल देखाएको भन्दै अन्तर्वार्ता रोकिएपछि उनी एकाएक चर्चामा आइन् । त्यसपछि गीत गाउँदा गाउँदै जापानमा दर्शकले हातपात गरेको र दुबईमा झडप भएको खबरले ज्योतिको छवि थप धुमिल्यायो । ‘ढाडे बिरालो...’ गीतको भिडियोसम्म आइपुग्दा उनलाई ‘गाएरभन्दा देखाएर’ हिट हुन खोजेको गम्भीर आरोप लाग्ने गरेको छ ।

यो भिडियोको बीचमा ज्योतिको एउटा संवाद सुन्न पाइन्छ, ‘कि रेखाको चल्छ कि देखाको ।’ यही संवादले नै उनको अंगप्रदर्शनको मोह पुष्टि हुने उनका आलोचकहरू दाबी गर्छन् । भलै उनी यसलाई आफ्नो लोकप्रियताको डाहा गर्नेहरूले बदनाम बनाउने चेष्टा गरेको बताउँछिन् । “गीत लेख्ने, गाउने, भिडियो बनाउनेलाई कसैले केही भनेका छैनन् । सबै मतिरै खनिएका छन्,” ज्योतिको दुखेसो छ, “अरू हुँदै नभएका स्क्यान्डल पनि मेरै बदनाम गर्न रचिएका हुन् ।” आलोचना र विवाद जति भए पनि सर्वस्वीकार्य यथार्थ के हो भने ज्योति रंग दुनियाँमा ‘हटकेक’ बनिरहेकी छन् । देश/विदेशमा आयोजना गरिने स्टेज सोमा उनको माग बढ्नुले यही पुष्टि हुन्छ । उनी नेपालमा हुने प्रति सो ५० हजार रुपियाँ लिन्छिन् भने विदेशमा घटीमा दुई लाख ।

ज्योतिले गाएका ‘उही मूलाका सिन्की...’, ‘जिम्माल बाकी कान्छी छोरी...’, ‘पिरतीमा दम छ...’ जस्ता गीत निकै हिट छन् । हरेक गीतले युट्युबमा कम्तीमा पाँच लाख भ्युअर्स पाएका छन् र हरेक गीतमा उनी आमलोकगायिका भन्दा भिन्न रूपमा प्रस्तुत भएकी छन् । छोटा लुगा र कामुक हाउभाउ उनको पहिचान बनिसकेको छ । नाच र पर्फम शैली हेर्दा पनि लोकगायिका कम, आइटम डान्स बढी लाग्छ । उनी आफैँ परम्परागत लोकगायन र गायिकाभन्दा भिन्न र समय सुहाउँदो भएको स्वीकार्छिन् । “लोकगायिका भन्दैमा म विमाकुमारी दुरा, विष्णु माझी, मुना थापामगर जस्तै हुनुपर्छ भन्ने होइन,” उनको तर्क छ, “मलाई जे सुहाउँछ वा गर्न मन लाग्छ, त्यही गर्छु । गाउने शैली र लुगा मेरै मर्जी अनुरूपका हुन्छन् ।” यस्तो बोल्ड स्वभाव बच्चैदेखि थियो रे उनीसँग ।

रोल्पा, नुवागाउँको गरिब परिवारमा जन्मिएकी हुन्, ज्योति । आठ कक्षासम्म रोल्पामै पढेपछि दाङ झरिन् । एसएलसी पास नगर्दै लोकगीत गाउन बुटवल, भैरहवा, धनगढीजस्ता सहर पुगिसकेकी थिइन् उनी । एसएलसीपछि परिवारलाई ढाँटेर काठमाडौँ आइन । भन्छिन्, “लोकगीतप्रति यति क्रेजी भइसकेकी थिएँ कि बसपार्कबाट सीधै दोहोरी साँझ पुगेँ ।” एक नातेदारबाट काठमाडौँ आएकै दिनबाट दोहोरी साँझमा गाउने मौका पाइन् । ज्याठास्थित सोल्टिनी दोहोरी साँझमा एक वर्ष गाइन् । त्यतिबेला उनी गुन्युचोली नै लगाएर गाउँथिन् तर अरू गायिकाजस्तो एक ठाउँमा बसेर होइन, नाच्दै–नाच्दै गाउँथिन् । स्वरसँगै गाउने शैलीका कारण उनको चर्चा बढ्दै थियो ।

त्यही बेला टुबोर्ग राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा ज्योतिले भाग लिइन् । उनको टिम सेमिफाइनलबाट बाहिरियो तर उनले बेस्ट सिंगरको उपाधि जितिन् । दोहोरी साँझमा गाउन थालिन् । विगत सम्झिन्छिन्, “अनि, बिस्तारै मलाई दोहोरी साँझमा अल्झिनु हुँदैन भन्ने लाग्यो र एल्बम निकाल्ने धुनमा लागेँ ।”

उनले ‘मन किन टाढा भो...’ भन्ने गीतको रेकर्ड गराइन्, भिडियो बनाइन् तर म्युजिक कम्पनी बन्द भएपछि गर्भमै तुहियो । केही समयपछि अर्को गीत ‘मायासँग...’ सार्वजनिक त गरिन् तर चर्चा पाएन । रमाइलो के भने गीत हिट नहुँदा पनि उनी आधा दर्जन देश पुगिसकेकी थिइन् । उनका भनाइमा दर्शकसँग प्रत्यक्ष जोडिएर गाउने भएकाले व्यस्तता बढेको थियो । त्यसमाथि ०६८ सालमा ‘उही मूलाको सिन्की...’ गीत हिट भएपछि ज्योतिको व्यस्तता अझ बढ्यो । यही गीतको भिडियोमा ज्योति कामुक रूपमा प्रस्तुत भएकी छन् । सायद यही कामुकता देशविदेशमा उनको व्यस्तता बढाउन मेरुदण्ड बन्यो । विवाद पनि सफलतामा सहायक बनिरहेका छन् ।

ज्योति स्वीकार्छिन् कि, उनको सफलतामा गायकीको मात्र भूमिका छैन, हुलिया, हाउभाउ र नाच्दै गाउने शैलीले पनि माग बढाएको हो । त्यसैले केही अग्रजलाई मन परेन भन्दैमा शैली परिवर्तन गर्ने योजना छैन उनको । आफूले अग्रजलाई नभई श्रोता, दर्शकका लागि गाउने र उनीहरूले रुचाएकाले अग्रजले टाउको फुटाए पनि मतलब नराख्ने बताउँछिन् उनी । यहाँनिर ज्योतिको भनाइ बढी तर्कसंगत किन देखिन्छ भने अग्रज भनिएका पुरुष गायकले जिन्स पाइन्ट लगाएर लोकगीत गाउनु सामान्य भइसकेको छ । दौरा–सुरुवाल लगाएर स्टेजमा देखिने गायक अत्यन्त कम छन् । अनि, आफूले गुन्यूचोली छाडेर हाफ पाइन्ट लगाउँदाचाहिँ नानाथरी आरोप लगाउनु जायज नदेखिने उनको तर्क छ ।

सायद यस्तै–यस्तै कारणले होला, आलोचना बढे पनि ज्योति आफ्नो कामुक छविलाई निरन्तरता दिन कत्ति पनि डगमगाएकी छैनन् । सीधै भन्छिन्, “मेरो भिडियो, फोटो र स्टेज सो हेर्दा थुक निल्छन् तर पछाडि गाली गर्छन् । यस्तो ढाेंगी प्रवृत्तिले ग्रस्त छ, हाम्रो समाज । त्यसैले म मेरै मर्जी अनुसार गाउन र नाच्न पछि हट्दिनँ ।”

‘आफ्नो शरीर, आफ्नो मर्जी’ मार्काका आवाज उठिरहेका बेला ज्योतिका हुलिया र शैलीमा आलोचना गर्नु समय सुहाउँदो नहोला । र पनि, उनले गाएको एउटा दोहोरी गीतको पंक्ति यहाँ उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । उक्त गीतमा गायक पशुपति शर्मा भाका हाल्छन्