आन्दोलन रोकेको भन्दै आज सेनामाथि आन्दोलनकारीले प्रहार (भिडियो सहित)

मकवानपुर–आफूहरुको माग सम्बोधन नभएको भन्दै एक महिनाभन्दा अघिदेखि सुरु भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन अराजक बन्दै गएको छ। मंगलबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कलैयामा तोडफोड र आगजनी गरेका छन्।

नेपाली काँग्रेसका नेता एवं बारा क्षेत्र नम्बर १ का सभासद रामअयोध्याप्रसाद यादवको कलैया–५ पन्नाबागस्थित सम्पर्क कार्यालयमा मोर्चाका कार्यकर्ताले तोडफोड गर्नुका साथै आगजनी गरेका छन्। सभासद यादवको सम्पर्क कार्यालयमा रहेको टिभी, टेबुल, कुर्सी, पंखालगायतका समानहरु बाहिर निकालेर प्रदर्शनकारीले जलाएका छन्। मधेसी जनताको भोट लिएर मधेसी जनताको हकअधिकार नभएको संविधानमा समर्थन जनाउँदै हस्ताक्षर गरेकाले भन्दै मोर्चाका कार्यकर्ताले सभासद यादवको सम्पर्क कार्यालयमा आजगनी गरेका हुन्।

सभासद यादवका नातेदार बिजय यादवले मोर्चाको आगलगीबाट सम्पर्क कार्यालयमा १० लाखको क्षति भएको बताए। मंगलबार नै प्रदर्शनकारीहरुले कलैया नगरपालिकाको कार्यालयमासमेत आगजनी एवं तोडफोड गरे। उनीहरुले कलैया नगरपालिकाका प्रमुख चढने बा१झ ४३५२ नम्बरको गाडी कार्यालयमा पार्किङ गरिएको अवस्था मै आगो लगाए। आगजनीपछि गाडी पुर्ण रुपमा क्षति भएको नगरपालिकाका कर्मचारीले बताए। नगरपालिकाको दर्ता चलानी किताब, टेबुल कुर्सीलगायतका समान बाहिर निकालेर आगो लगाएर जलाइएको छ।

प्रदर्शनकारी अराजक हुँदै सभासद, नेता र सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्न सुरु गरेपछि सुरक्षाकर्मी ले हवाई फायर गर्नुका साथेै एक दर्जन आश्रुयास प्रहार गरेको थियो। बाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले आन्दोलनकारीले सभासदको घर , कार्यालय,सरकारी कार्यालयहरुमा आगजनी तोडफोड गर्न थाले सुरक्षाकर्मीले बल प्रयोग गरेको बताए।

प्रजिअ पन्थीले प्रदर्शनकारीले प्रहार गरेको तेजाबबाट सात जना सुरक्षाकर्मी समान्य घाइते भएको बताए। प्रदर्शनकारीहरुले प्रहार गरेको तेजाबबाट सशस्त्र प्रहरीतर्फका भविशंकर राई, नारायण थापा, हरीनारायण चौधरी, कृष्णप्रसाद पौडेल, अर्जुन भट्ट, दिलबहादुर फुयाल र ध्रुव्र बस्नेतलगायतले लगाएको पोशाशका प्वाल पर्नुका साथै उनीहरु घाइते जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मोर्चाका नेता तथा पुर्व सभासद प्रमोद गुप्ताले प्रहरीले शान्तिपुर्ण तरिकाले गरिएको प्रदर्शनमा बल प्रयोग गरी कलैयाका स्थानीयको घर घरमा पसेर सर्वसाधारणलाई कुट्न थालेपछि जनता जनता त्रसित बनेको आरोप लगाए। उनले सशस्त्रका २०÷२५ जना प्रहरीले कलैया नगरपालिका–५ पन्नाबागमा सर्वसाधारणको घरघरमा पसी कुटपिट गरेको आरोप लगाए। बेलुका प्रहरीले कलैया बजारमा तरकारी बेचिरहेका ब्यापारीलाईसमेत कुटपिट गरेको आन्दोलनकारीले दाबी गरेका छन्।