मधेसी आन्दोलनकारीले अलि नै गरेपछि सेनाहरूले यसरी रिस पोखे (भिडियो सहित)

सुरक्षा समन्वय नहुदा टीकापुर घटना भएको कुरा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आईरहेको छ । सेना फर्केपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वय बलियो बनाएर जानुपर्ने उनीहरुले सुझाए । टीकापुर घटना अघि यहाका स्थानीयले सुरक्षित महसुस गरेका भए पनि घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मात्र सुरक्षा नहुने हो कि भन्ने महसुस भएको सोमबार यहा स्थित उग्रतारा सशस्त्र प्रहरी गणमा भएको परिचयात्मक कार्यक्रममा एक स्थानीय अगुवाले बताए ।

‘पहिलाको नीति व्याक सपोर्ट हो, अहिले संयुक्त रुपमा परिचालन हुने भनिएको छ’ सशस्त्र प्रहरी बल उग्रतारा गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक हर्क रावलले भने, ‘संयुक्त जिम्मेवारी भनेर माथिबाट आएको छ । अहिले संयुक्त रुपमै छौं ।’

टीकापुरका व्यवसायी द्वारिका तिमिल्सिनाले भदौ ४, ७ र ८ गतेको घटनाको अवस्थालाइ सम्झदा सेना फर्किएपछि सुरक्षित भइन्न कि भन्ने चिन्ता परेको बताए । उनले भने, ‘यति ठुलो घटना गराउने योजना बन्दा सम्म प्रहरीको सुचना संयन्त्र कमजोर हो कि ।’ टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द हमालले प्रहरीले सुचना प्रणाली राम्रो बनाउनुपर्ने र दुइ सुरक्षा निकायबिचको समन्वयमा गस्ती गर्नुपर्ने सुझाए ।

गाउमा रहेका गाविस कार्यालय र प्रहरी चौकीमा समेत आगजनी भएकोले यसतर्फ पनि सुरक्षा निकायले ध्यान दिनपर्ने स्थानीयले बताए । ‘टीकापुरको घटनाले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरक्षित भइन्न कि भन्ने सन्देश गएको छ’ एमालेका स्थानीय नेता श्याम खत्रीले भने, ‘यस्तो अवस्थामा दुवै सुरक्षा निकायले स्थानियवासीलाइ  सुरक्षा भरोसा दिलाउनु जरुरी छ ।’

एमाओवादी कैलाली क्षेत्र नं १ कि अध्यक्ष कमला शाहीले टीकापुर घटनामा सिंगो थारु समुदाय दोषी नभएको बताईन । ‘ढुक्कसंग हिडने र सुत्ने वातावरण तयार हुनुपर्‍यो’ उनले भनिन् ।

शान्ति र सदभाव अभियान
टीकापुर घटनाका कारण थारु समुदाय र प्रशासनबिचको दुरी बढेकोले यसलाई कम गर्न गाउमा गइ छलफल अन्तरकिया गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । स्थानीय महेन्द्र भण्डारीले सदभावका लागि आन्दोलनरत पक्षका नागरिकलाई पनि राजनीतिक दल, प्रशासन लगायतका निकायले गर्ने कार्यक्रममा उपस्थित गराउनुपर्ने बताए ।

टीकापुर घटनापछि यहा हुने विभिन्न कार्यक्रममा थारु समुदायको उपस्थिति नहुने भएकोले उनीहरुको उपस्थिति विना सदभाव कायम हुन नसक्ने स्थानियले बताए । ‘सदभावको कुरा गरेर मात्र हुन्न, आन्दोलनरत पक्षलाई पनि कार्यक्रममा सहभागी हुने वातावरण बनाउनु पर्‍यो’ भण्डारीले भने, ‘उनीहरुलाई पनि आफ्नो कुरा राख्ने मौका दिनु पर्‍यो ।’

सदभाव अभियानका क्रममा थारु गाउका बडघरसित छलफल अघि बढाउनु पनि जरुरी रहेको स्थानीय अगुवाको तर्क छ । कुनै पनि कार्यक्रममा जान बडघरले उर्दी जारी गर्न हुन्न भन्ने जानकारी दिन पनि जरुरी रहेको उनीहरुले बताए ।