रेखा थापाको फेरी अर्को विवाह (भिडियो सहित)

नायिका तथा निर्माता रेखा थापा र निर्माता छबि ओझाबीचको दाम्पत्य जीवनमा फाटो आएपछि उनीहरुबीचको सम्बन्धमा निकै नै चिसोपना बढेको देख्न सकिन्छ । छविले आफूलाई छुट्टिएपछि पनि दुःख दिएको भन्दै आफ्नो पूर्वपतिमाथि केही समयअघि रेखा थापा सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर जाइ नै लागिन् ,जसले निकै चर्चा पनि पायो ।
तिनै रेखा र छवि बीचको चर्चा अझै सेलाएको छैन । आजको नयाँ पत्रिका दैनिकसँग रेखाले छविले आफूलाई बनाएको नभएर आफूले छविलाई बनाएको बताएकी छन् । ‘हिजो नमस्ते नेपालको टिनको छानामा बस्ने व्यक्तिको आफ्नो घर त बन्यो नि ,व्यानर बन्यो ,स्थापित प्रोड्युसर भए ।

हिजो नरेश पौडेल र श्याम खेतानको पछि थर्डमा हुन्थे,’ रेखाले छवि आफ्नै कारण व्यावसायिक रुपमा सफल भएको दाबी गर्दै भनेकी छन्,‘मैले फस्ट बनाए नि त । रेखा फिल्म्स् बनेपछि उहाँ सोले प्रोड्युसर बन्नुभएको हो । फिल्ममा अलरेडी मेरो नाम युज गरिन्थ्यो–रेखा थापाको हिम्मत,रेखा थापाको किस्मत ।

उहाँलाई त कसले चिन्थे र ?’ यसैबीच,रेखाले अबको दुई वर्षभित्रै बिहे गर्ने बताएकी छन् । उनले आफूलाई बिहे गर्ने तिब्र इच्छा भएको र अहिलेसम्म भने कोही पनि फेला नपरेको संकेत गर्दै भनेकी छन्,‘अबको दुई वर्षमा बिहे गर्छु ।

मेरा लागि पनि कहीँ न कहीँ कोही न कोही त लेखेकै होला । भेटिएन भने पनि मसँग अथाह उमेर बाँकी नै छ । ५० वर्षको उमेरमै भए पनि गरौंला ।’ थापाले सुदर्शन गौतमको प्रेममा रहे पनि उनीसँग बिहे हुने या नहुने बारे भने केही पनि बताएकी छैनन् । उनले सुदर्शनसँग प्रेम रहेको स्वीकार्दै भनेकी छन्,‘सुदर्शन र मेरो प्रेम छ ।