आन्दोलनकारीद्वारा दुई प्रहरी एस पी माथि आक्रमण

बर्दिया—नेपालगंज— गुलरिया सडक खन्डमा पर्ने मैनापोखरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई आन्दोलनकारीले आक्रमण गरेका छन्। नेपाल प्रहरीका एसपी गोबिन्दराम परियार र सशस्त्र प्रहरीका एसपी बिदुर गुरुङलाई लक्षित गरी ढुंगा र इँटाले आक्रमण गरेका हुन्।


पूर्वपश्चिम राजमार्गको बासगढी तर्फजाँदै गरेका सुरक्षानिकायका जिल्ला प्रमुखहरुलाई लक्षित गर्दे मैनापोखरमा आन्दोलनकारीले आक्रमण गरेका हुन्। आक्रमणमा तीन प्रहरी घाइते भएका छन्।

एसपीद्वय परियार र गुरुङ सकुशल छन्।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

अन्य ठाउँमा जनजीवन सामान्य भए पनि आन्दोलनकारीले मैनापोखरमा सवारी साधनकको आवागमनमा अबरोध पु¥याउँदै आएका छन्। मैनापोखरमा २०—३० जनको समुहले गाडीलाई अबरोध पुराउँदा संघले संचालन गर्ने साना,ठुला ता निजि सवारी ठप्प हुने गरेको छ।