भारत सेनाले विराटनगर सिमामा आज नेपाली सेनालाई कुटपिट गरे

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल प्रहरीका असईलाई बिराटनगरको रानी भन्सार नजिकको दशगजा क्षेत्रमा कुटपिट गरेका छन् । उनिहरुले हतियारसमेत खोसेर लगेका छन् । भन्सार नाका अवरुद्ध गर्न बसेका आन्दोलनकारीहरुलाई धपाउने क्रममा नेपाल प्रहरीले बल प्रयोग गर्न खोज्दा नेपाल प्रहरीमाथि एसएसबीले सीमा पारीबाटै ढुंगा हानेको थियो ।

नाका बन्दी गर्न गएका आन्दोलनकारीहरुलाई धपाउने क्रममा दशगजाभित्र पुगेका असईलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिई कुटपिट गरेका हुन् । असई प्रदीप गिरीको साथमा रहेको हतियारसमेत लगेको प्रहरीले जनाएको छ ।

भन्सार नाका बन्द गर्ने आन्दोलनकारीहरुलाई भारतीय भूमिमा संरक्षण हुँदै आएको छ । आन्दोलनकारीहरु नाकामा धर्ना बस्ने र नेपालका प्रहरीले धपाएपछि भारततर्फ प्रवेश गर्ने गरेका छन् ।