विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप

भारत र नेपालको सिमा क्षेत्र जोगबनी नाकामा प्रदर्शन गर्न खोज्ने मधेशी आन्दोलनकारी र प्रहरीबीच मंगलबार पनि झडप भएको छ । सोमबार राति देखि शुरु भएको झडप मंगलबार दिउसो पनि निरन्तर छ ।



जोगबनी नाका नजिकै आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको थियो । सडक अवरोध गरी बसेका मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको प्रहरीले जनाएको छ।

भिड नियन्त्रणमा लिन प्रहरीले दुई सेल अश्रु ग्याँस र ११ राउण्ड हवाई फायर गरेको थियो ।