आन्दोलन रोकेको भन्दै आन्दोलनकारीले सेनालाई आगोले हानेपछि,पूरा पढ्नुस्

काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएर आन्दोलन रोक्न सम्भव नभएको जवाफ पठाएको छ ।
प्रधानमन्त्री ओलीले वार्ताको आहृवान गर्दै पत्र पठाएपछि आइतबार मधेसी मोर्चाको बैठक बसेको थियो । तमलोपाको कार्यालय विजुलीबजारमा बसेको बैठकले सरकारले भने जस्तो आन्दोलन रोकेर वार्तामा नबस्ने निर्णय गरेको सद्भावना महासचिव मनिष सुमनले बताए ।
मोर्चाले प्रधानमन्त्रीलाई पठाएको जवाफमा भनिएको छ-‘हाम्रा मागहरु सम्बोधन नभई जनताको व्यापक सहभागितामा भइरहेको आन्दोलन रोक्दा आन्दोलनकारी जनतामाथि नै विश्वासघात हुने हुनाले तत्काल आन्दोलन रोक्न सम्भव नभएको व्यहोरा अनुरोध छ ।’
मधेसी मोर्चाले राज्य पक्षको उदासीनताकै कारण आन्दोलन नाकाबन्दीको हदमा पुगेको बताएको छ । वार्ता र सम्बादबाटै समस्याको समाधानको पक्षमा रहेको भन्दै मधेसी मोर्चाले तीन दलीय वार्ता टोली नै प्रष्ट दृष्टिकोणका साथ आउन नसकेको आरोप समेत लगाएको छ ।
उसले भनेको छ-‘आउने दिनमा सरकार र तीन दल प्रष्ट दृष्टिकोणका सात प्रस्तुत भएमा वार्ता सार्थक र परिणाममुअी हुनेमा हामी विश्वस्त छौं ।’