सर्वसाधरणलाई हेपासी गरेको भन्दै यी महिलाले प्रहरीसेनालाई यस्तो गीली गरे

विगत ७६ दिनदेखि जारी बन्दका कारण सप्तरीका व्यापारी धरासायी बन्दै गएका छन् ।
व्यवसायीले आन्दोलनरत मधेसी समुदायको माग सम्बोधन गरी परिस्थिति सहज बनाउन सरकारसँग आग्रह गरेका छन् । लगातारको बन्दले व्यवसायीलाई पसलको भाडादेखि बैंकबाट लिएको ऋणको ब्याज र सो ब्याजको जरिवाना तथा कर बुझाउनसमेत समस्या भइरहेको उनीहरुले गुनासो गरेका छन् ।
आन्दोलनकारीको माग सम्बोधन गरी ठप्प रहेको व्यापार व्यवसाय सुचारु गराउन सप्तरी उद्योग वाणिज्य सङ्घले समेत सरकार र आन्दोलनरत पक्षसँग आग्रह गरेको छ । बन्दका कारण राजविराजका सबै सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थासमेत ठप्प छन् । दैनिक ज्यालादारी मजदूरी र जिविकोपार्जन गर्ने मजदुर तथा कर्मचारीलाई समस्या भएको छ ।