श्रीमान विदेशमा बगाँउदै,यता श्रीमती चर्तीकला, लौ हेर्नुहोस् (भिडियो सहित)


श्रीमान् रोजगारीका शिलशिलामा लामो समय विदेशमा रहने र छोराछोरीलाई पढाउनका लागि गाउँघर छोडेर सदरमुकाम बेसीशहरलगायत प्रमुख शहरहरुमा बस्दै आएका जोडीहरुबिच धेरैमात्रामा सम्बन्ध बिच्छेद भएको पाइएको छ । कामका लागि वैदेशिक रोजगारीमा गएका श्रीमान् लामो समयसम्म नफर्कने, उसले रकम पठाईरहने र पछि श्रीमान् फर्कँदा कतिपय महिलाहरु परपुरुषसँगै जाने गर्नाले पनि सम्बन्ध विच्छेदको घट्ना बढ्दै गएको हो । यस्तै कतिपय पुरुषले आफूले कमाएको रकम लिएको गएको भन्दै आफ्नै श्रीमतीविरुद्ध समेत उजुरी हाल्ने गरेका छन् । भर्खर विवाह गरेर श्रीमान् विदेश गएका महिलाहरु शहरबजारमा बस्ने र श्रीमानसँगको माया समेत उपभोग गर्न नपाएपछि महिलाहरु परपुरुषसँग लाग्ने गरेको उदाहरणहरु लमजुङमा रहेका छन् । पछि श्रीमान् आउँदा श्रीमती परपुरुषसँग लागेपछि उनीहरु सम्बन्ध विच्छेद गराउन बाध्य हुन्छन् । मनै नमिलेपछि छोडपत्र गर्नु राम्रो भएपनि यसको सबैभन्दा बढी असर उनीहरुका वालवालिकामा पर्ने गरेको छ । आमाबुवा छुट्टिँदा उनीहरुका छोराछोरी साँढेको जुधाईमा बाच्छाको मिचाई जस्तै बन्ने गरेका छन्