नेपाल र भारतबिच लडाई भैरहवाबाट यसरी सुरू भयो(भिडियो सहित)




मोर्चाका कार्यकर्ताले युवकको औंला छिनाले, महतोको निर्देशनमा आक्रमण:
भैरहवा, असोज २० । भैरहवाको बेलहिया नाकामा मधेसी मोर्चाका कार्यकर्ताले बुधबार एकजना नेपालीमाथि सांघातिक आक्रमण गरेका छन् ।
भारतीय भूमिमा बसेर नेपालतर्फ सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दै आएको समूहले रुपन्देहीको भलबारीका कृष्णबहादुर क्षत्रीमाथि आक्रमण गरेको हो ।
किनमेलका लागि सुनौली गएका क्षत्रीलाई धारिलो हतियारले प्रहार गर्नुका साथै मोर्चाकाकार्यकर्ताले उनको हातका चारओटा औला छिनाली दिएका छन् । क्षत्रीको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सुनौलीको भारतीय होटलमा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको निर्देशनमा सांघातिक आक्रमण भएको बताइएको छ ।
मोर्चाका कार्यकर्ताले बुधबार पनि भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा हानेपछि स्थानीय बासिन्दाले प्रतिकार गर्दै उनीहरुलाई लखेटेका थिए भने त्यसक्रममा झडप समेत भएको थियो । झडपमा परी दुवैतर्पm केही घाइते भएका छन् ।
मोर्चाका कार्यकर्ताले सीमा पारीबाट गुलेलीबाट हानेको गुच्चा लागेर ८ जना प्रहरी घाइते भएका छन् ।
मोर्चाका कार्यकर्ताले नेपालीमाथि सांघातिक आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाले बुधबार भारतविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।