आज फेरी मधेसी मोर्चा र नेपली सेनाबिच हानाहान,दुई प्रहरीको आवस्था गम्भीर

१८ कात्तिक, कलैया । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई-मधेसमा जारी आफूहरुको आन्दोलनमा विश्व समुदायले सहयोग गरिरहेको बताएका छन् । मधेसी मोर्चाको सडक आन्दोलनले मात्र सरकारलाई दबाव नपुगेकाले मोर्चाको माग पुरा गराउन विश्व जगतले नै नेपाललाई नाकाबन्दी गर्न सहयोग गरेको उनले उल्लेख गरे ।
‘लामो समय सडक आन्दोलन गरेका जनताले नाकाबन्दी आन्दोलन गर्दा त्यसमा कसैले सहयोग गर्नु अपराध होइन,’ बाराको सिमरास्थित इलाका प्रहरी कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले भने, ‘विगतमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा जसरी विश्व जगतले सहयोग गरेका थिए, जारी मधेस आन्दोलनमा पनि त्यसरी नै सहयोग गरेका छन् ।’
गत सोमवार गढीमाई नगरपालिकाको जीतपुरमा सवारी साधन तोडफोडमा संलग्न रहेको भन्दै पक्राउ परेका गढीमाई नगर कमिटी अध्यक्ष रामबाबु साहलाई भेट्न उनी सिमरास्थित इलाका प्रहरी कार्यालय पुगेका थिए ।
उनले तीन महिना लामो आन्दोलनले पीडित बनेका नेपाली जनताको मुक्तीका लागि सरकार माथी दबाव बनाइ दिन मुलुकबासी र बिश्व समुदायसँग समेत अनुरोध गरे । आफ्नो अधिकार सुरक्षित गर्न मधेसी जनता लामो समयदेखि आन्दोलनमा भए पनि माग सम्वोधन गर्न र जनजीबन सहज बनाउन सरकारले काम नगरेको महतोले आरोप लगाए ।