सामान्य विवादमा काठमाडौंमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार काठमाडौं मनमैजुमा श्रीमान श्रीमतीबीचको अविश्वासका कारण श्रीमानले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन् । परपुरुषसँग हिँडेको भन्ने विषयमा श्रीमानसँग सामान्य विवाद हुँदा काठमाडौं मनमैजु डेरा गरी वस्ने धादिङ छत्रेदेउराली–६ की ३२ वर्षीया राधिका कार्कीको चक्कु प्रहारबाट मृत्यु भएको हो ।
उनकै श्रीमान ४२ वर्षीय हरिहर कार्कीले शुक्रबार तरकारी काट्ने चक्कु पेटमा प्रहार गर्दा गम्भीर घाइते भएकी राधिकाको शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । हरिहरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानमा सामान्य विवादका कारण रिसलाई थाम्न नसकेर राधिकालाई चक्कु प्रहार गरेको हरिहरले बताएका छन् । घटनाको थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ!