इटहरीको पर्यटकीय क्षेत्र तालतलैया नजिकैको जंगलमा २१ गते मंगलबार भेटिएको महिलाको शव नेपाली सेनाका जवानले हत्या गरी फालेको पुष्टि भएको छ ।
हत्या इटहरी वडा नं. २ को शान्तिनगरी सामूदायिक वन क्षेत्रमा भोजपुर जरायोटार गाविस वडानम्वर ३ की शान्तीमाया राईको नेपाली सेनाका जवानले हत्या गरेको खुलासा भएको हो । भोजपुर चम्पे गाविस वडानम्वर ८ घर भई नेपाली सेनाको दुई नम्वर वाहिनी धनकुटामा कार्यरत दल गुल्म खादवारीका ३१ वर्षिय सिपाहीले नवराज शाहिले महिलालाई तालतलैयामा लगी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको हो ।
महिलाले गाउँमा पैसा ब्याजमा लगाउँने काम गदै आएको प्रहरी अनुसनधानले देखाएको हो । सेनाको जवान शाहि भोजपुर आउँदा जादा भोजपुरमा भेटघाट भई दुई वर्ष देखि प्रेम सम्वन्ध चल्दै आएको थियो । सेनाको जवान शाहि गत पुष १७ गते नै विदामा गएको थिए । उनीहरु भेडेटारमा भेटघाट गरी दुबै जना आएको शाहिले अनुसन्धानको क्रममा वताएका छन ।
श्रोत पुर्बेली न्युज