नायिका शुष्मा को मोटरसाइकल दुर्घटनामा मृत्यु (भिडियो रिपोर्ट)

नायिका शुष्मा अधिकारी दुर्घटना परी मृत्यु भयो भन्दा सायद तपाइको मुटुले ठाउँ छोडेको हुनु पर्छ  तर आतिनु पर्दैन  उनि वास्तविक जीवनमा भने दुर्घटना परेर मृत्यु भएकी होइनन रक्षा म्युजिकको प्रस्तुती रहेको म्युजिक  भिडियो प्रेम सागरको "नशा पिउने बानी बोल"को भिडियोमा यस्तो अभिनय गरेकी हुन्
 कथामा देखाए अनुसार आफ्नो प्रेमी नायिका शुष्मा अधिकारी मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछी उनको प्रेमी शिब बिक प्रेम वियोगमा तड्पेर नशाको सहारा लिएको देखाएको छ सच्चा मायामा यस्तै हुन्छ आफ्नो प्रेमी गुमाएपछि नशा पिएरै जिन्दगी जाने भो भन्दै निकै बियोगान्त भाब पोखाएको छन  जुन भिडियोमा दर्शाउन खोजिएको छ  ।
             सिडि विजय अधिकारी स्वरमा सजिएको उक्त गीतमा प्रेम सागर पौडेलले निकै मर्म स्पर्शी  शब्द कोरेका छन् भने  संगीत स्वयम्  प्रेम सागर पौडेल  कै रहेको छ ।  भिडियोमा नायिका तथा अहिलेका चर्चित मोडल शुष्मा अधिकारीले निकै शसक्त ढंगले अभिनय गरेकी छिन भने उनलाई शिब बिकले साथ दिएका छन ।छायांकन तर्फ शम्भु चालिसेले साथ दिएका छन् भने निर्देशन शिब बिक कै रहेको छ  । फो एस मिडिया द्वारा निर्माण गरिएको सो भिडियोको सम्पादन भने रबिन बिकले गरेका छन् 

Video Shoting with Hot Model And singer Jyoti Magar

Jyoti Magar is one of the most popular singer in Nepali Lokdohori industry.Her most famous songs are ‘ui mulako sinki ui mulako chana’, ‘piratima dam chha ‘ and ‘jimmal bauki chhori’.Her latest song ‘oi jyoti oi jyoyi’ became most popular lokdohori song specially on online social media.

She is also an actress and model.This video is about new shooting report of Jyoti Magar’s upcoming music video.We hope you enjoy the video.Video copyright reserved to Music Nepal and Bhawana Music.
Incoming Search Terms: Jyoti Magar’ new video,jyoti magar new song,nepali music

षसरी फर्कदैछ एसिड पिडीत सिमा को जीवनमा खुशीको दिनहरू

काठमाडौं,–नयाँ बानेश्वरस्थित नोबेल कलेजको गेटमा भेटिएकी सीमा बस्नेतलाई देख्दा गतसाल बसन्तपुरमा भएको कहालीलाग्दो एसिड काण्ड एकाएक सम्झना आयो । एसिडले डढेर बिग्रेको उनको अनुहार विस्तारै आफ्नै रंगमा फर्कंदै थियो । त्यसबाहेक उनको ओठमा फैलिएको मुस्कानले डंढेलो लागेको मैदानमा पनि फेरि मुनाहरु पलाउन सक्ने रहेछन् भन्ने लाग्यो ।
आफ्नो जीवनलाई कहालीलाग्दो मोडमा पुर्याइदिने त्यस दिनको घटना बिर्सिरहेकी थिइन् सायद, त्यसैल उनको मुद्रामा खुसी सल्बलाएको थियो । नत्र पीडाको बोझ बोकेर मान्छे मुस्कुराउनै सक्दैन, मुस्कुरायो भने पनि त्यसमा प्राकृतिक रंग भरिएको हुँदैन ।

कलिलो उमेरकी सीमा त्यस दिन बसन्तपुरमा ट्युसन पढ्दै थिइन् । त्यसैबेला संगीता र सीमामाथि एसिड प्रहार भयो । ठीक त्यसबेलासम्म उनको निकट भविश्यको एकमात्रै सपना थियो–एसएलसीमा राम्रो नम्बर ल्याएर पास गर्ने । तर, घटना लगत्तै उनको सबै बदलियो । एसिडले दुवैको अनुहारमा नराम्रोसँग क्षति गर्यो । अनुहारमा भएको क्षति त सबैले देखे तर, मानसिक क्षति न देख्न सकिन्थ्यो, न सामान्य तबरले त्यसको पूर्ति नै सम्भव थियो ।
एसिड आक्रमणपछि वीर अस्पतालमा उपचाररत सीमा
साथी संगीतालाई लक्षित गरी एसिड प्रहार गरिएको थियो । तर, संगीतासँगै रहेकी सीमा बस्नेत पनि सिकार भएकी थिइन् । त्यसबेला सीमालाई आफ्नो जिन्दगी नै सकिएको महुसस भएको थियो ।

भर्खरसम्म खुसी देखिएकी सीमाको अनुहारबाट त्यस घटना सम्झनासाथ खुसी हरायो । ‘अब मेरो जीवन सकियो भन्ने लागेको थियो, तर अस्पतालबाटै एसएलसी दिन पाएँ’ सीमाले भनिन्, ‘बाहिर देखिने खुसी मेरा सबै फर्किएका छन्, तर जतिबेला त्यो घटना सम्झन्छु, भित्रबाट आउन खोजेका मेरा सबै खुसी गायब हुन्छन् ।’

त्यसपछि उनी उपचारका लागि ३७ दिन अस्पताल बसिन् र अस्पतालबाटै एसएलसी परिक्षा दिइन् । एसएलसीमा ६२ प्रतिशत अंक ल्याएर उत्तिर्ण भइन् । अहिले उनी बानेश्वरस्थित नोबेल कलेजमा ११ कक्षामा पढदै छिन् ।

अस्पतालबाटै एसएलसी परिक्षा दिँदै सीमा
यसबीचमा उनलाई देशका थुप्रै उच्च पदस्थ व्यक्तिले भेटे । धेरैको माया, हौसला पाएर आज उनी सामान्य जीवनमा फर्केकी छिन् । एसिड काण्डको एक वर्षपछि अहिले उनी कुन अवस्थामा छिन्, के गर्दै छिन् ? उनकै शब्दमा–
यसरी भयो जीवन परिवर्तन

त्यो दिन बिर्सेका बेला म अरु भन्दा खुसी नै देखिन्छु । जव त्यो घटना मनमा आउँछ, अरुले बाहिरबाटै देखिनेगरी मेरो अनुहार बदलिएको पाउँछु । मेरा लागि त्यो कालो दिन थियो । आज–भोलि कहिलेकाहीँ सम्झँदा पनि जिउ नै सिरिंङग हुन्छ । आफ्नो भविष्य कसरी राम्रो बनाउने भनेर पढिरहेकी थिएँ । तर, ममाथि वज्रपात भो । मेरो पढाइ राम्रै थियो । एसएलसी दिने अन्तिम अवस्थामा थिएँ ।

त्यहीबेला शारीरिक र मानसिक पीडा खेप्नुुपर्यो । अभिभावक र अन्य व्यक्तिको हौसलाले मैले अस्पतालको ओछ्यानबाटै एसएलसी दिएँ । ६२ प्रतिशत अंक आएको छ । मलाई लाग्छ, यदि त्यो घटना नभएको भए कम्तीमा ८० प्रतिशत आउँथ्यो ।

त्यतिबेला मैले गायिका बन्ने सपना बोकेकी थिएँ । कक्षामा साथीसँग गीत गाउथेँ । स्कूलका कार्यक्रममा पनि गीत गाउथेँ । त्यो घटनापछि मैले आफ्नो उद्देश्य परिवर्तन गरेकी छु ।
राजनीतिमा रुचि
अहिले मलाई राजनिति गर्ने इच्छा जागेको छ । अहिले बुझ्दै छु, हाम्रो समाज धेरै पछाडि रैछ । गरिवी र अशिक्षाले अनेकौँ समस्या आउँदा रहेछन् । त्यसैले राजनीतिमा लागेर एउटा सक्षम समाज निर्माण गर्ने र अन्यायमा परेका सबैको अधिकारका लागि लड्ने योजना बनाएकी छु । सबैभन्दा पहिले त आफ्नो पढाई पूरा गर्नु छ । अहिले बानेश्वरस्थित नोबेल कलेजमा ११ कक्षामा पढ्दै छु । प्लस टु सकेपछि राजनीतिशास्त्र पढ्छु । एसिड घटनापछि मलाई धेरै राजनीतिज्ञले भेट्नुभयो । धेरै विद्यार्थी नेताले पनि भेट्नुभएको थियो । म अस्पताल हुँदा र अस्पतालबाट फर्केपछि खासगरि अनेरास्ववियुका विद्यार्थी नेताहरुको सहयोग पाएँ । नविना दिदि लगायत अन्य सबै अग्रजले मलाई हौसला दिनुभएको छ । उहाँहरूबाट मैले प्रेरणा लिएकी हुँ ।

जिन्दगीको नयाँ मोड
त्यो घटनापछि मेरो जिन्दगीले पूरै नयाँ मोड लियो । जे भयो त्यसलाई मेट्न सकिंदैन, सकेसम्म बिर्सने प्रयास गर्छु, तर मेटिंदैन जीवनबाट त्यो घटना । अहिले लाग्दैछ, जीवनमा दुुःखद घटना आउँछन् । तर, जस्तोसुकै दुुःखबाट पनि उठ्नुपर्दो रहेछ । त्यो घटनापछि आफूलाई मरेतुल्य पाएकी थिएँ । तर, बाँच्न सघाउने सोचाई पनि सँगसँगै आउँदा रहेछन् । घटनापछि मैले नयाँ पनि केही जान्ने अवसर पाएँ जस्तो लाग्छ । अहिले धेरैको मायाँ र हौसला पाएकी छु । धेरैको सहानुुभूति पनि पाउँछु । धेरैले ख्याल गर्नुहुन्छ । बाटोमा हिँड्दा पनि कति मान्छेले सहानुभूति दर्शाउनुुहुन्छ । फोटो खिचाउन मन गर्नुहुन्छ, हौसला दिने कुरा गर्नुहुन्छ । यस्तो हुँदा खुसी लाग्दो रहेछ । कलेजले पनि मलाई निःशुल्क पढाइरहेको छ । जिन्दगीमा केहि गरेर देखाउँछु भन्ने हिम्मत बढेको छ ।

सबै कुरा राम्रो हुँदाहुँदै पनि कहिले काहीँ मन खिन्न हुन्छ । घटना सम्झँदा आफूलाई सम्हाल्न सक्दिनँ । हाम्रो परिवार आर्थिक रुपमा निकै कमजोर छ । बाबाले सुन पसलमा सुरक्षा गार्डको काम गर्नुहुन्छ । काठमाडौंको बसाई धेरै अप्ठ्यारो छ । मलाई अहिले पनि मासिक तीन हजारको औषधी लगाउनु पर्छ । त्यहि पैसा जुटाउन पनि हामीलाई धौ धौ छ ।

आमा चिन्ता गर्नुहुन्छ, भन्नुहुन्छ– तँलाई धेरै पढाएर राम्रो ठाउँमा घरबार गरिदिने रहर थियो, तर, अब गाह्रो हुन्छ होला । जस्तो पायो त्यस्तै केटाले बिहे गर्दैन भनेर चिन्ता लिनुहुन्छ । म आमालाई सम्झाउँछु ।

घटना ताजा हुँदा धेरै संघसंस्था र व्यक्तिहरूले सहयोग गर्ने भन्नुभएको थियो । तर घटना सेलाउँदै गएपछि प्रतिवद्धता भएका सहयोग पनि पाएकी छैन ।

किन घट्छन् यस्ता घटना ?
यो दुुःखद घटना हो । यस्तो घटना घटाउने अपराधी नै हो । उसले सजाय पाउनैपर्छ । यो घटनापछि एसिड आक्रमणकारी (जीवन विक)को बयान पनि पढ्न पाएँ । त्यसमा कति सत्यता छ, मलाई थाहा छैन । तर, मैले के बुुझेँ भने, गरिब देश, जहाँ विभेद, गरिबी र अशिक्षा छ, त्यहाँ यस्ता घटना घट्दा रैछन् ।

हुन त जति समृद्ध देशमा पनि नयाँ–नयाँ अपराधका घटना भइरहेका हुन्छन् । तर, यस्ता घटना घट्नुमा समाज र राज्य नै दोषि हुन्छ जस्तो लाग्छ । यसमा समाजका सबै मानिस सचेत हुनुपर्छ ।

आफ्नो श्रीमतीलाई कसरी पूर्ण यौन सन्तुष्टी दिने,जानी राखौँ (भिडियो सहित)



अर्चना पनेरूलाई आज यसरी देश निकाला गरियो,पूरा हेर्नुस (भिडियो सहित)