जोसमा रोस गुमाएका पाँच नेपाली नायिकाहरू

काठमाडौं, १० साउन । नेपाली समाजले कुनै बेला रेखा थापा प्रवृतिलाई कर्केनजरले हेरिन्थ्यो तर बितेका २/३ बर्षमा थुप्रै उथलपुथल भए जसले नेपाली कला क्षेत्रमा नाङ्गो ग्लामरले रेखालाई समेत छाँयामा पारि दिए । नेपाली चलचित्रमा पश्चिमेलीकारण भनौ अथवा समयको माग जे भने पनि किस, बेडसिन, अश्लिल डाइलग र अंगप्रदर्शन सामान्य बन्न थाल्यो । जसले नेपाली फिल्म क्षेत्र फिल्मी नै बन्न पुग्यो । कथा भन्दा पनि पात्रको छाडा प्रवृतिमा आधारित फिल्महरु बन्न थाले जसले नेपाली चलचित्र क्षेत्र ओकालो भन्दा पनि ओरालोतर्फ लग्न थालेको सम्बद्ध व्यक्तिहरु बताउछन ।

केही बर्षको अन्तरालमा केही ‘हिरोइन’हरु जन्मिए जसले नेपाली चलचित्र क्षेत्रलाई मात्रै होइन समग्र नेपाली समाजलाई नै क्रान्तिकारी फेरबदल ल्याउन महत्वपूर्ण भूमिका निभाए । यस मध्ये कतिपयले जोशमा होस् हराए भने कतिपय अझै जोशको रफ्तार तिब्र बनाइरहेका छन् ।  कथा/दर्शकको माग भन्दै खुल्नुसम्म खुलेका खुलेर कला यात्रामा क्रियाशील यी हिरोइनहरुको सक्षिप्त जानकारी ।

 १.विनीता बराल

binita baral

चर्चित चलचित्र चपली हाइटबाट चर्चाको शिखर चढेकी नायिका हुन विनीता बराल । चलचित्रमा बोल्ड सिन दिएर नै उनी एक्कासी चर्चाको शिखरमा पुगेकी हुन । सिनेमाको हट दृश्य बाहेक सिनेमाका पोष्टरमा नग्न तस्विर खिचाएर पनि यिनी उत्तिकै चर्चामा आएकी थिइन । तर जति छिटो उनि चर्चामा आइन त्यति नै छिटो सेलाइन पनि । हाल उनी अर्गानिक कृषि व्यवसाय गरेर बसेकी छिन ।

२.जिया केसी

jiya

नायिका जिया केसी पनि छोटो समयमै चर्चामा आएकी नायिका हुन्  । उनले अभिनय गरेको दुइवटै चलचित्र एटीएम र बरवादलाई सेन्सर बोर्डले एडल्टको सर्टिफिकेट दिएको थियो । उनका यि दुइ चलचित्र बाहेक अन्य चलचित्रहरुले उनलाई स्थापित गर्न सकेन ।

३.सुष्मा कार्की

susma

नायिका सुष्मा कार्की लुट चलचित्रको ‘उध्रेको चोली छ है त्यै पनि लाइन्छ’ नामको आइटम नृत्यबाट एकाएक चर्चाको शिखरमा पुगेकी हुन । उनको सेक्सी इमेजको प्रयोग गर्दै उनलाइ चलचित्र बिन्दासको लागि छनोट गरियो । विन्दास पछि विन्दास २ पनि निर्माण गरियो । विन्दासको पोष्टरमा सुष्माले असाध्यै हट पोज दिइन जसको कारण उनी पुन एक पटक चर्चामा आइन । त्यसपछि सुष्माले मेरो जीवन साथी भन्ने चलचित्रमा बेड सिन दिइन तर त्यो सिनेमा उनको क्यारियरलाई अगाडि बढाउन भने सकेन । हाल सुश्मा कार्की पनि नेपाली चलचित्र नगरी भित्र सुस्त नै छिन ।

४.पुजना प्रधान

pujana

चलचित्र रक्षा मार्फत दिएको हट सिन, हट फोटोग्राफि र बेडसिनबाट एक्कासी चर्चामा आएकी थिइन पूजना प्रधान । उनी चर्चामा त आइन तर त्यस चलचित्रले पनि व्यापारीक सफलता हासिल गर्न भने सकेन र पूजनाको करिअरलाइ पनि खासै अगाडि बढाउन सकेन ।

५.अरुणिमा लामाarunima

अरुणिमा लामा  नायिकाको मुख्य रोलमा देखिएकी नायिका होइनन तर पनि सिनेमामा दिएका बेड सिन र नग्न दृश्यका कारण चर्चामा आइनै रहिन । ‘किन किन’ नाम गरेको चलचित्रमा त यिनले भरपुर नग्न दृश्य दिएकी थिइन । उनले राजेश हमालसंग पनि बेडसिन दिएकी थिइन । आफ्नो नग्नताको मात्र प्रचार प्रसार बढि गरेको भनेर उनको निर्माताहरुसंगको सम्वन्ध चिसिन गएको थियो । जसका कारण उनी आफुले अभिनय गरेको सिनेमाको प्रचार लगायत डविङ समेत छाडेर हिडेकी थिइन ।