ग्ल्यामरमा भेराईटी रुनुपर्छ-तुलासा कटुवाल(मोडेल)

भविश्यमा सिने क्षेत्रमा पनि लाग्ने विचार छ कि ?

अवश्य पनि लाग्छु । चलचित्र खेल्नका लागि अफर आयो भने खेल्ने बिचारमा छु । त्यसमा पनि कथावस्तु राम्रो भएको सिनेमाबाट अफर आयो भने त्यस्तो सिनेमामा काम गर्न तयार छु ।

ग्ल्यामर भनेको के हो ? चलचित्र क्षेत्रमा पनि ग्ल्यामरको खाचो रहेकै हो त ?

ग्ल्यामर भन्ने कुरा हर चिजमा छ । आजको दुनिया भनेकै ग्ल्यामरको दुनिया हो । ग्ल्यामर सधै एकै किसीमको हुन्न भेराइटी पस्कन सक्नु पर्दछ । वास्तवमा यो समयको माग पनि हो । चलचित्रमा पनि कथावस्तुले मागे अनुसारको ग्ल्यामरस त पस्कनु पर्दछ । ग्ल्यामर बिनाको कला त खल्लो भइहाल्छ नि । कथाले मागे अनुसार र समयको माग अनुसारको हल्का त दिनु परि हाल्यो नि ।

तपाइको जीवन साथी हुनको लागि चाहिने योग्यता के हो ?

मलाइ मन पराउने अर्थात मेरो जीवन साथी हुने केटामा हुनुपर्ने योग्यता अर्थात गुण मध्ये सबैभन्दा ठूलो गुण इमान्दार हुनुपर्यो मलाइ बुझ्ने खालको हुनुपर्यो । तन पनि राम्रो मनपनि राम्रो भएको पर्फेक्ट केटामात्र मेरो जीवन साथी हुन योग्य हुन्छ ।

प्रेम प्रस्ताव कतिको आउने गरेका छन त ?

उमेरमा पे्रम प्रस्तावहरु त आइ नै हाल्छन । आइ लभ यू भन्ने त थुपै्र छन तर मेरो जीवनसाथी हुने खालको पर्फेक्ट चाहि एक जना मात्र छन् ।



सेक्सका बारेमा तपाइको अवधारणा के छ ?

सेक्स प्रकृतिको नियम नै हो यो सबैलाइ चाहिन्छ । गास बास कपास पछिको आवश्यकता हो सेक्स । प्रष्ट भन्नु पर्दा दुई जनाको मन मिले पछि सेक्स हुन्छ । तर पनि बिहेअघिको सेक्सलाई हाम्रो समाजले स्विकार नगरेकाले म पनि त्यसमै सहमति जनाउदछु ।

यसको मतलत बिहे अघिको सेक्समा तपाइको सहमत छैन ?

मैले अघि नै बताइसके सेक्स भनेको दुइजनाको मन मिलेपछि हुने कुरा हो भनेर । तैपनि समाजमा मुल्य मान्यतालाइ ख्याल राख्दै बिहे सम्म कुर्दा केहि बिग्रंदैन । बिहे अघिको सेक्सलाई मान्यता नदिएकाले बिहे अघि सेक्स नगर्दा पनि रामै्र हुन्छ । बिहेपछि भइहाल्छ किन अगाडि नै हतार गरेर आत्तिने । विहे पछिको सेक्समै मिठास हुन्छ जस्तो लाग्दछ ।


फुर्सदको समय कसरि बिताउनुहुन्छ ?

फुर्सदको समय म घुमघाम गर्न रुचाउदछु त्यसमा पनि केहि समय भने परिवारको लागि छुट्याउने गरेकी छु ।

अन्तमा एउटा रमाइलो प्रश्न तपाइलाइ कुनै केटाले म तिमीसंग पे्रम गर्दछु तिमी बिना बाच्न सक्दिन भनेर भन्यो भने के गर्नुहुन्छ उसलाई ?

हा.हा.हा.हा.सर्वप्रथम त म उसलाइ राम्ररी सम्झाउछु कि माया एकतर्फी हुन्न भनेर तिमीले मात्र मलाइ माया गरेर र मन पराएर भएन नी मैले पनि उसलाइ मन पराउनु पर्यो नि हैन र ? यसरि नै सम्झाउछु ।