प्रियंका कार्की रातभर केटासंग व्यस्त, लौ हेर्नुहोस् यो समाचार

किशोराबस्था भनेको जीवनको एकदमै रमाईलो र सुनौलो अवस्था हो । १३ देखि १९ बर्षसम्म जीवनमा खासै अप्ठ्याराहरु हुँदैन । त्यसैले प्रत्येक दिन निकै रमाईलो फिल हुन्छ । किनभने त्यतिबेला तपाईले भर्खरै स्कुल लेभल सकाएर +२ गर्ने, बिस्तारै कलेजहरु हेर्ने, वा म जीवनमा के बन्न सक्छु भनेर बिकल्पहरुको निर्णय गर्ने हो । मेरो बिचारमा धेरैजसो किशोरकिशोरहरु त्यो समयमा बुबाआमाले भनेको कुरा मान्दैनन् । म तपाईभन्दा अग्लो भईसकेँ, अब मैले तपाईले भनेको मान्नुपर्दैन भन्नेखालको अभिव्यक्ति दिने गरेको सुनेको छु । केटाहरुले दाह्री जुँगा आईसक्यो, अब धेरै नकराउनुस भन्ने र केटीहरुले केटी होईन, महिला भईसकेँ मन लागेको कुरा गर्न पाउनुपर्छ भन्ने अहंमता बढ्ने सोहि समयमा बढ्ने गर्छ । बुबाआमालाई ढाँट्ने, भनेको नमान्ने, लुकिलुकि बाहिर जाने, ब्वाईफ्रेण्ड गर्लफ्रेण्ड भेट्न कुद्ने कतिपयको बानी हुन्छ । यो उमेरमा यस्तो हुनु सामान्य पनि हो जस्तो लाग्छ ।  यो उमेरमा रमाईलो गर्नुपर्छ तर आफ्नो मर्यादाभन्दा बाहिर जानुहुँदैन । भोली आफुले झुकाएर हिँड्नुपर्ने बाध्यता आउने गरी काम गर्नु हुँदैन । त्यो भन्दा अलावा त स्वाभिमानका साथ मस्ती गर्न मज्जाले पाईन्छ । यो उमेरमा कुनै प्रकारको बाधा हुदैँन । बच्चाबच्ची, श्रीमानश्रमाती, जागिरको तनाव खासै हुँदैन । जसले जिन्दगीमा अझै रमाइलो पन थप्छ । अझ किशोर अवस्थासम्म त अभिभावकहरुले पनि पकेट मनि दिईराख्नुभएको हुन्छ त्यसैले पनि यो समय निकै रमाइलो हुन्छ । मेरो किशोराबस्थाको बारेमा कुरा गर्नुपर्दा, म काली छु । बिशेषगरि नेपालमा र भारतमा कालो छालालाई राम्रो मान्दैनन् ।  बिभिन्न क्रिमहरुको बिज्ञापन आउथ्यो । मलाई पनि १३÷१४ बर्षको उमेरमा फिल हुन्थ्यो कि म अभिनय गर्न चाहान्छु । म एउटा सेलिब्रेटि बन्न चाहान्छु । मलाई पनि माधुरी दिक्षित जस्तो बन्न मन छ । तर फेरी सोच्थे काली भयो भने हुदैँन होला भन्ने लाग्थ्यो । कसरी गोरी हुने होला भन्ने सोच्थे । तर मैले बिस्तारै आफुलाई समय दिएँ र अरु मान्छेहरुले भनेको सुनेको आधारमा मैले के पाए भने कालो स्किनले केहि पनि फरक पार्दैन । मैले जहाँ गए पनि ब्याल्कब्युटि भन्ने सुनेकी छु । ह्वाईटब्युटि भन्ने त कतै पनि सुनेको छैन । अरुले मेरो अगाडी आएर मलाई त गोरो मान्छे मनपर्छ भन्यो भने मलाई त कालो मान्छे मनपर्छ भन्छु । म कालो छु तर म यसमा गर्व गर्छु । मलाई कहिल्यै पनि स्किनलाई घोटेर हुन्छ कि ? क्रिम लगाएर हुन्छ कि ? कसरी हुन्छ गोरो हुँ भन्ने कुरा कहिल्यै पनि लाग्दैन ।  मलाई अझै याद छ, मलाई पहिला देखि नै फिल्म खेल्न मन लाग्थ्यो । त्यति मात्र होइन मलाई छिनछिनमा डक्टर, ईन्जिनियर पनि बन्न मन लाग्थ्यो । फेरी एकछिनमा एअर होस्टेज बन्ने रहर पलाउँथ्यो । हरेकको लाईफमा यो हुन्छ । एउटा निश्चित बिन्दुमा नपुगेसम्म यस्तो लागिरहन्छ । त्यो भयो भन्दैमा मेरो लाईफमा लक्ष्य नै छैन, म त हरुवा हो मैले केहिपनि गर्न सक्दिन जस्तो ठान्नु हुदैँन ।  तपाई १६÷१७ बर्ष पुग्ने बेलासम्म पनि तपाई अर्को बिषय छानेर पढ्न सक्नुहुन्छ । किनभने कलेज ४÷५ बर्षको हुन्छ । तपाई दुई बर्ष एउटा बिषय पढेर अर्को कुनै बिषय पढ्न मन लाग्छ भने त्यहि गर्नुहोस् । अहिले गर्न चाहेको कुरा नभएपछि घर छोडेर हिड्ने, मैले आटेको कुरा गरेरै देखाउँछु भनेर बुबाआमासँग रिसाउने पनि धेरै छन् । तर त्यस्तो गर्नु हुदैँन । घरमा बसेर बुबाआमासँग सल्लाह गरेर आफुले गर्ने कामबारेका फाईदाहरु भनेर आफुतिर आकर्षित गर्न सकिन्छ ।  मैले अमेरिकामा गएर पढ्ने बेलासम्म पनि नेपालको फिल्म र मिडियाको मार्केट राम्रो भईराखेको थियो । त्यसकारण पनि म नेपाल आएँ । पहिला भन्दा अहिले नेपाली फिल्मको ब्यापारमा बृद्धि भईरहेको छ । कुनै पनि काम गर्दा आफ्नो संघर्ष पनि कायम राख्नुपर्दछ । आफुले भने संघर्ष नगर्ने तर बुबाआमालाई मात्र तनाब दिएर पनि त भएन नी ।  मैले मेरो किशोरावस्थाको कुरा सम्झेर हास्छु अझै पनि । मेरो पनि किशोराबस्थामा केटासाथीहरु थिए । परिक्षाको समयमा रातभर केटासँग गफ गरेर बस्दा अभिभावकले सजाय दिनुभएको थियो । त्यतिखेर मलाई लागेको घर छोडेर एक्लै बस्नेसम्मको सोच मनमा उब्जीएको थियो । तर, मैले त्यसो गरिन किनकी त्यो गलत थियो ।  अहिले रमाईलो लाग्छ पहिलाका कुराहरु सम्झँदा । त्यसैले आफ्नो किशोराबस्थालाई एकदमै रमाईलो बनाउनुहोस् तर आफ्नो मर्यादालाई कहिल्यै नभुल्नुहोस् ।