तर, अमेरिका हानिएकी रेखा राहत लिएर नेपाल आउने चर्चा सेलाइसकेको छ । तर, उनी नेपाल फर्किएकी छैनन् । रेखाले डाक्टरको टिम र ठूलो मात्रामा औषधी ल्याउने बताएकी पनि थिइन् । तर, रेखा अमेरिका पुगेको पनि ३ महिना भैसकेको छ ।भुकम्पपछि केही कलाकार अर्थ संकलनका लागि गरिने कार्यक्रममा भन्दै अमेरिका हानिए । तर, रेखा अमेरिका हानिनुको कारण ठ्याक्कै खुलेको छैन । आफ्नो फिल्म रामप्यारीको छायांकन पनि साउन १५ मा सारेर रेखा अमेरिका हानिएकी थिइन् ।
तर, अमेरिका पुगेर रेखाले कुनै कार्यक्रम गरेको वा भाग लिएको जानकारी पनि प्राप्त भएको छैन । रेखासँगै अमेरिकामा उनका प्रेमी भनेर चर्चामा आएका सुदर्शन गौतम पनि साथमा थिए । नेपालमा खासै काम नभएपछि रेखा अमेरिका पुगेको पछिल्ला गतिविधीले देखाएको छ । रेखा साउनको दोश्रो साता नेपाल फर्कने बताउँछिन् । तर, रेखा अमेरिकाबाट आएपछि आफूले बोलेको बचन पुरा गर्छिन् या गर्दिनन् ? प्रतिक्षा रहनेछ ।