झुटा तिम्रा लान्छनामा , लर्न सक्छे अब नारी ।
अन्याय हुदा पर्तिकार , गर्न सक्छे अब नारी ।।
दिनहुजसो रक्सी खाई , कुटपिट गर्दै दमन गर्दा
बिरोध गर्दै रिसले आँखा, तर्न सक्छे अब नारी ।।
दाईजोको नाउमा नारी ,घरमै पिडित हुन्छिन भने
आफ्नत्वको अस्तित्वलाई , हर्न सक्छे अब नारी ।।
ललाई-फकाई नारिलाई, कुदृस्टिपनमा हेर्यौ भने
पर्तिकार गर्दै मार्न अनि , मर्न सक्छे अब नारी ।।
अति गर्दा गर्दै तिम्ले, अत्याचार बढि गर्यौ भने
न्यायिक ढोका ढक्याउन ,सर्न सक्छे अब नारी ।।
दिनहु तिम्रो कुटपिट अनि ,शोशणबाट पार पाउन
अतीत भुली ओठमा हासो ,भर्न सक्छे अब नारी ।।
-अन्जना सिग्देल
किहु -2 गैरिस्वारा