भारतीय ट्रक र नेपाली बस ठोक्किदाँ ८ को मृत्यु

पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासी दुम्किवास–५, दाउन्ने ओरालो घ्यूखोला नजिकै भएको दुर्घट्नामा ८ जना मृत्यु भएको छ । १० गम्भिर घाईते भएका छन् ।

घाईतेहरुको चितवन भरतपुर र स्थानीय अस्पतालहरुमा उपचार भईरहेको छ । प्रहरी नायव उपरिक्षक पर्शुराम तिवारीका अनुसार नारायणघाटबाट दाङ्ग जांदै गरेको ना४ख५१४३ नम्बरको वस विपरित दिसाबाट आउंदै गरेको युपि ३२ क्यूएन ८५४ नम्बरको भारतीय ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।

ग्यास बोकेर ओरालो झर्दै गरेको ट्रकले पिपरित दिसामा आएर बसलाई ठक्कर दिएको डिएसपि शर्माले  जानकारी दिनुभएकोे छ ।

ट्रक चालकलाई दुम्किवास प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन सकेको छैन ।