‘चोरी खान पल्केको ढाडे बिरालो’ गीतमा गरेको अभिनयले एकाएक चर्चामा आएकी गायिका ज्योति मगर बुधबार थप चर्चामा आइन । तर बुधबारको चर्चाले उनलाई दिनभर तनाब बनायो । कारण थियो सामाजिक सञ्जालहरुमा फैलिएको गलत हल्ला । उनीमाथि शुटिङ स्पटमै आक्रमण भएको भन्दै फैलिएको हल्ला र पुराना लोकगायक राम प्रसाद खनालले फेसबुकमार्फत नै दिएको सुझाबले गर्दा बुधबार उनको चर्चा चुलिएको थियो ।
आफुमाथि आक्रमण भएको भन्ने खबर गलत भएको उनले फेसबुकमार्फत जानकारी दिएका छन् । ‘ममाथि केही नभएको र यो सबै गलत कुरा भएको प्रंशसकहरुलाई जानकारी गराउन चाहन्छु ।’ उनले लेखेकी छन् । साथै उनले फेसबुकमा हल्ला फ़ैलाइए जस्तो शिर्षकको गीत पनि नभएको जानकारी दिएकी छन् । उनले आफ्नो अभिनय कथा र गीतले मागे अनुसारको मात्रै भएको भएको बताउदै आएकी छन् ।