शान्तिपूर्ण आन्दोलन भनेपनि बन्दकर्ताहरु तोडफोड र आगजनीमा उत्रिएपछि भैरहवामा युवाहरुले बन्दको विरोधमा प्रदर्शन गरेका हुन् । आन्दोलनकारीले भैरहवाको सिटी हस्पिटलसहित आधादर्जन बढी होटल, बसमा तोडफोड गर्नुका साथै मोटरसाइकल जलाएपछि स्थानीय युवाहरु आक्रोशित बन्दै प्रतिकारमा उत्रिएका थिए ।
त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन वेलहियामा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
यसैबीच, भैरहवामा सम्भावित झडपलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले विहीबार साँझ ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।