माडौं, भदौ ३ । ‘कुमार घैंटे’को रुपमा चिनिने ‘गुन्डा नाइके’ कुमार श्रेष्ठ प्रहरीसँगको मुठभेडमा मारिएका छन् ।
घटनास्थलबाट प्रहरीले घैंटेले प्रयोग गरेको अवैध पेस्तोल पनि बरामद गरेको छ । घैंटे समूहका अन्य दुईजना राजेन्द्र महर्जन र सुरेन्द्र महर्जन पनि गोली लागि घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पतालमै उपचार भइरहेको छ भने घैंटे समूहका अन्य ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले नियमित सर्चका क्रममा कुमार घैंटेको टोलीले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा घैंटेको मृत्यु भएको हामीसँग बताए ।
घैटेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । गुन्डागर्दी र अवैध चन्दा असुलीलगायतका घटनामा संलग्न घैंटे प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा थिए ।