pal
अडिसन मार्फत् मोडल पल शाहलाई यसअघि नै फाइनल गरिएको भएपनि आचार्यले पल सुहाउँदा युवती भेटेका थिएनन् । आचार्यले अन्ततः पलको जोडीको रुपमा मोडल वर्षा राउत र आँचल शर्मालाई टुंगो गरेको जानकारी गराए ।
यही २१ गतेदेखि फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा यसअघि नै अनुभव रेग्मी र प्रियंका कार्की फाइनल छन् । पल शाह र वर्षाले थुप्रै म्युजिक भिडियोमासँगै काम गरेका छन् भने आँचल अघिल्लो हप्तामात्र सम्पन्न मिस प्लस टु विजेता हुन् ।
प्रेमकथामा आधारित फिल्ममा बसन्त सापकोटाको संगीत र पुरुषोत्तम प्रधानको छायाँकन रहनेछ । फिल्ममा सरोज खनाल र बल्छी ध्रुवे पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । ३५ दिने सेड्युलका साथ फ्लोरमा निस्कन लागेको फिल्मको ७५ प्रतिशत सुटिङ चितवनमा हुनेछ भने २५ प्रतिशत सुटिङ काठमाडौंमा गरिने आचार्यले बताए