रेखा थापालाई राजेश पायलको जन्म दिनको शुभकामनासंगै यस्तो माया बर्सिएपछि

काठमाडौ, २०७२ भाद्र ५ शनिबार । अभिनेत्री रेखा थापाको भदौ पाच गते अर्थात आज जन्मदिन हो । दिवंगत पिता प्रेम थापा र आमा सरस्वती थापाबाट कान्छो सन्तानको रुपमा मोरङस्थित सलकपुर गृहमा जन्मिएकी रेखा ३२ वर्षमा लागेकी छन्, भने नेपाली फिल्म क्षेत्रमा उनको आगमन भएको पन्ध्र वर्ष पूरा भएको छ । मिस कोशीको उपाधी जितेर मिस नेपाल (सन् १९९९) को टप टेन सम्म पुग्न सफल रेखाको पहिलो फिल्म ‘हिरो’ (सन् २०००) हो ।

अभिनेत्री रेखा थापालाई जन्मदिनको शुभकामना दिने उनका लाखौ फ्यान तथा कलाकारहरुपनि रहेका छन् । जसमध्ये निकै लामो समयदेखी नजिक मानिएका नेपालका चर्चित गायक राजेश पायल राईले आफ्नो फेसबुक पेजमा ‘रेखा तिमीलाई जन्मदिन को शुभ कामना Muahhh RAM PIYARI


गायक राजेश पायल राईले अभिनेत्री रेखा थापाको प्राय सबै चलचित्रहरुमा स्वर दिएका छन् । अभिनेत्री रेखा थापाको मनपर्ने गायकपनि राजेश पायल राई नै हुन् ।
डेढ सय बढी नेपाली फिल्ममा अभिनय गरेकी रेखा थापा सर्वाधिक चर्चित अभिनेत्री हुन् । अभिनय सँगै फिल्म निर्माणमा पनि रेखा सक्रिय रुपमा लागि रहेकी छन् । उनको ब्यानरबाट पछिल्लो फिल्म ‘राम प्यारी’ बन्दैछ । उनको निर्देशन रहेको फिल्म ‘हिम्मतवाली’ व्यवसायिक रुपमा सफल भएको थियो । अभिनय र फिल्मको निर्माण एंव निर्देशन सागै राजनीतिक तथा सामाजिक वृत्तमा पनि रेखा थापाको बेला बेलामा चर्चा परिचर्चा हुदै आएको छ । पार्टीगत रुपमा माओवादी निकट मानिने रेखाले आफ्नै नामको ‘रेखा थापा फाउन्डेशन’ खोलेर विविध सामाजिक कार्य गर्दै आइरहेकी छन् ।