चितवन, श्रावण १७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोटस्थित जयश्री खोलाको पुल भाँचिएपछि अहिले पनि सहज रुपमा यातायात सन्चालन हुन सकेको छैन । यात्रा गर्ने सर्वसाधारणले सास्ती खेपिरहेका छन् । पुल भाँचिएको एक साता पुग्नै लाग्दा पनि पूर्वपश्चिम राजमार्गअन्तर्गतको गैंडाकोटमा भद्रगोल कायमै छ । (भिडियो हेर्नुहोस)