नेपालगन्जमा सेनामाथि प्रहार गर्ने मधिशेहरूलाई यसरी ठटाए सेनाहरूले (भिडियो सहित)

विराटनगरस्थित रानी भन्सार नाकामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि दिनभर तनावको स्थिति श्रृजना भएको थियो।
ढुङ्गा हाम्रो तर्फबाट हानिएको हो। उताबाट होइन
जयराम यादव, केन्द्रिय सदस्य, संघीय समाजवादी फोरम
भन्सारको दशगजाक्षेत्रमा बसेका सुरक्षाकर्मीलाइ लक्षित गरि भारतीय भूमिबाट ढुंगा प्रहार भएको तर उनीहरुको पहिचान भईनसकेको मोरंगका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए।
तर प्रदर्शनकारीहरुले भने दशगजाक्षेत्रमा भएको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि आफूहरुले प्रतिवाद गरेको बताएका छन्।
संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य जयराम यादवले भारतीय भूमिबाट कसैले पनि नेपालतर्फ ढुंगा नहानेको दावी गरे।
“ढुङ्गा हाम्रो तर्फबाट हानिएको हो। उताबाट होइन,” उनले भने।
अवरोध
दशगजाक्षेत्रमा भएको झडपपछि दुवैतर्फका सुरक्षाकर्मीले वारीपारी आउजाउमा कडाइ गरेका छन्।
विराटनगरको रानी भन्सार नाकाको धर्नामा संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भएका थिए।
झापाको काकडभिट्टा नाकामा पनि केही प्रदर्शनकारीहरुले अवरोध गर्ने प्रयास गरेका थिए।
मोर्चाका कार्यकर्ताहरुले आईतबार तराईका विभिन्न जिल्लाका सदरमुकाम र राजमार्गमा समेत प्रदर्शन गरेका छन्।
गएराति प्रहरी सुरक्षामा पूर्वतर्फ ल्याउँदै गरेका दर्जनौं सवारी साधन तथा मालबाहक साधनलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषा, सिराहा र सप्तरी खण्डमा आन्दोलनकारीले ढुंगा प्रहार गरि क्षति पुर्याएको प्रहरीले जनाएको छ।
ढुंगा लागेर केही यात्रु तथा यातायात मजदुर घाइते भएको बताइएको छ।