मोर्चाको केन्द्रीय निर्णय अनुसार शनिबार बिहानदेखि आन्दोलनकारीहरु जमुहाना क्षेत्रमा परिचालित भएका थिए। ढुंगामुढाबाट जमुनाहा प्रहरी ईन्चार्ज प्रहरी नायव निरिक्षक सई विष्णु गिरी सहित केही प्रहरी घाईते भएको र उनीहरुको नेपालगन्जमा उपचार भइरहेको जिप्रकाले जनाएको छ। मोर्चातर्फ पनि केही कार्यकर्ता घाईते भएको बताइएपनि पुष्टी भएको छैन।
यसैबीच दोहोरो नाकाबन्दीले जमुनाहा नाका शनिबार ठप्प भएको छ। भारतीय पक्षले सिमापारी र आन्दोलनरत मधेसी मोर्चाले सिमावारी नाकाबन्दी गरेको हो। करिव डेढ सयको संख्यामा रहेका मोर्चाका कार्यकर्ता शनिबार बिहानदेखि जमुनाहास्थित नेपाल–भारत सिमा क्षेत्र दसगजामा बसेका छन, भने भारतीय पक्षले नेपालतर्फ आउन लागेका सयौंको संख्यामा रहेका मालबाहक सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ।
ईलाका प्रहरी कार्यालय जमुनाहाले दोहोरो नाकाबन्दीले शनिबार सिमा पुरै ठप्प भएको जानकारी दिएको छ। भारतीय पक्षले प्रवेशमा रोक लगाउँदा एक सय बढी मालबाहक सवारी साधान रुपैडिहामा अलपत्र परेको र नेपालबाट भारततर्फ जाने सवारी साधनलाई मधेसी मोर्चाले रोकेको छ।