गर्भवती सरिता तिमल्सिनाको झुन्डिएर रहस्यमय मृत्यु,

एक साता अघि मृत भेटिएकी ललितपुरको ठूलादुर्लुङस्थित बालुवाडाँडाकी सरिता तिमल्सिना (घिमिरे) को मृत्यु रहस्यमय बनेको छ । यही असोज १७ गते आइतबार बिहान झुन्डिएको अवस्थामा फेला परेकी साढे चार महिनाकी गर्भवती तिमल्सिनाको मृत्युलाई हत्या भएको आशंका उनका माइती पक्ष र सरोकारवालहरुले गरेको रहस्यमय बनेको हो ।

मृतकको माइती पक्षले हत्याको आशंका गरेपछि उनका श्रीमान उपेन्द्र घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको र अस्पतालले दिएको पोष्टमर्टमको रिपोर्टमा सत्यता नभएको भन्दै उनका माइती पक्ष र सरोकारवालहरुले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।
माइती पक्षले गरेको दावी अनुसार मृतक सरितालाई तातो पानी खन्याएर हत्या गरी रुखमा लगेर झुण्ड्याइएको हो । मृतकको शरीर भरी निलडाम रहेको तस्वीरहरु समेत उनीहरुले रेकर्डमा देखाएका छन् । कक्षा ९ मा पढ्दै गरेकी १९ वर्षीया सरिता तिमल्सिनासँग ७ महिना अघि उपेन्द्र घिमिरेले आफूखुशी विवाह गरेका थिए । मृतकका फुपुका छोरा राजन प्रसाद बञ्जराले आफ्नी बहिनीको हत्या भएको हुनसक्ने आशंका व्यक्त गरे ।
‘बहिनीको शरीर भरी पोलेको फोकाहरू छन, छाला पुरै खुइलिएको छ । हामीले त्यसको पनि मेडिकल रिपोर्ट मागेका छौ । मृतकको घाँटीमा पनि एउटा डोरीको निसाना पहिले नै थियो र पछि झुन्डिएको डोरीको निसाना अर्कै छ’ बन्जाराले भन्नुभयो। ‘एउटा डोरीले पासो लाएको भए दुइ ओटाको निशाना कसरी आयो ?’ उनको प्रश्न छ । बन्जाराले बहिनीको आधा शरीर भुईमा लत्रिएको भन्दै बसेर घाँटीमा डोरी लगाएजस्तो देखिएको बताए ।
मिडिया एनपी ।।।