झकास झापालीको रातो घर मा– भिडियो सहित



सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको चलचित्र रातो घरको आईटम गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नायिका माला लिम्बुले ‘केटाकेटी आएँ गुलेली खेलाएँ मटयाङग्राको सत्यनाश’ भन्दै पर्दामा कम्मर मर्काएकी छन् ।
संगीतकार महेश खड्काको शब्द संगीत रहेको उक्त गीत गायिका शशि रावलले गाएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको सार्वजनिक गीतको फिल्ममा प्रोड्यूसर निकेश लिम्बुसहित वील्सन विक्रम राई र सुरज सुब्बाको समेत लगानी रहेको छ । फिल्म २०१६ मा प्रर्दशन हुनेछ । रातो घरमा वील्सन विक्रम राई सहित संयम पुरी र गौरव पहारी, मेनुका प्रधान जस्ता कलाकारहरुको मुख्य भूमिकामा देखा पर्ने छन् ।