मधेसी मोर्चाको कार्यकर्तालाई प्रहरी सेनाले लठठी चार्ज (भिडियो सहित)

 नेपालगञ्जस्थित जमुनाह नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले  शुक्रबार हटाएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको प्रमुख उपस्थितिमा सीमा नाका भन्दा दुई किलोमिटर वरै चौलिक्का चौकमा भएको बिरोध सभापछि मोर्चा कार्यकर्ताहरु धर्नाका लागि नाकामा पुगेका थिए ।
त्यस क्रममा प्रहरीले मोर्चाका केही कार्यकर्तालाई पक्राउ गरेको छ । केही घाइते भएका छन् ।
यसैबीच नेपालगञ्ज नाकाबाट शुक्रबार डिजेलका तीन ट्याङ्कर र एउटा ग्यास बुलेट सहित बेलुकासम्म २५ भन्दा धेरै गाडी भारतबाट नेपालगञ्ज भित्रिएका छन् ।