डान्स ईन्डीया डान्स सिजन 5 को फाईनल (भिडियो सहित)


ताजाखबर। भारतीय चर्चित रियालिटी शो डान्स इन्डिया डान्स (डीआईडी) को सिजन ५ मा नेपालका निर्मल तामाङ फस्ट रनर अप भएका छन्। उनले भारतीय तिन लाखसहित डीआईडीको टोपी पाएका छन् । डिआइडीको इतिहासमा पहिलो पटक गैर–भारतीय निर्मलले यो स्थान हासिल गर्न सफल भएका छन् । यस पटकको डीआईडीको विजेता भने पुनितको मण्डलीबाट प्रोनिता भएकी छिन् । नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार ११ का २३ वर्षिय निर्मल तामाङ बैशाख देखी डीआईडी प्रतियोगितामा आफ्नो धमकेदार प्रस्तुती दिदै आएका थिए, जसलाई नेपालमा मात्र होइन भारतमा पनि अत्याधिक रुचाइएको थियो ।


पूर्व भारतीय सेनामा कार्यरत शेरवहादुर तामाङका कान्छा छोरा निर्मललाई नेपालबाट नेपालीहरुले अत्याधिक भोट दिएका थिए । बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको यस प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राती सवा नौवजे प्रशारण हुदै आएको थियो । यसअघि पनि नेपाली मूलका प्रसान्त तामाङ र तेरिया मगरले यस्तै ठूलो रियालिटी शोमा विजयी भएका थिए ।