नाकामा धर्नामा बसेका आन्दोलनकारीमाथि भारतीयको आक्रमण

मंसिर १६, २०७२- वीरगन्जको रक्सौल नाकामा धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध आन्दोलनकारीलाई भारतीयहरुले आक्रमण गरेका छन् ।

साँझ साढे ८ बजे आन्दोलनकारीह कम भएको समयमा भारतीयहरुको एक समूहले आक्रमण गरेको हो । आक्रमणमा पाँच जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणपछि आन्दोलनकारी तितरबितर भएको समयमा एउटा भारतीय ट्रक रक्सौल छिरेको छ । संघीय समावेशी मधेसी गठबन्धनका नेता राजकुमार यादवले भने, 'केही साथीहरु खाना खान निस्कएको र आन्दोलनकारी कम भएको मौका छोपेर भारतीय उच्छृंखल समूहले आक्रमण गर्‍यो ।'

यादवले आफूहरु पुनः धर्नास्थलमा बसेको जानकारी दिए ।

मोर्चा आबद्ध दलका कार्यकर्ताहरुले विगत अढाई महिनादेखि नाकामा बसेर धर्ना दिएका छन् ।