फेसबुकको चिनजानले पुरुष साथीसँग यौन सम्बन्ध राख्दाको परिणाम

काठमाडौं, ५ साउन । आजकाल प्रविधि र इन्टरनेटको जमाना छ । सामाजिक सञ्जाल पनि थुप्रै छन् । जसमा अहिले सबै ठाउँमा प्रयोग हुने सामाजिक सञ्जाल भनेको फेसबुक हो । फेसबुकले एक अर्कासँग निरन्तर सम्पर्क गराउने गरिरहन्छ । जसका कारण आजकालका युवायुवतीमा फेसबुकले नै घनिष्ट सम्बन्ध बनाईदिन्छ ।

फेसबुकबाटै चिनजान, प्रेम र विहे सम्म भएका उदाहरण छन् । यी त भए सकारात्मक पक्ष । फेसबुकले सम्पर्क गराउने काम छ गरेको नै छ तर धेरै जिन्दगी विर्गाने काम पनि गरेको छ । फेसबुककै कारण दुबईमा एक महिलाको चरित्र हत्या भएको छ । फेसबुकमा बंगालादेशका नागरिकसँग इण्डोनेसियन महिलाको चिनजान भयो । त्यही चिनजानबाट उनीहरु यती घनिष्ट भए कि शारीरिक सम्पर्क पनि राख्न थाले ।

उनीहरुले लगभग एक महिनाजती यो सम्बन्धलाई कायम राखे । तर, त्यसपछि २८ बर्षिय बंगलादेशी नागरिक एम टीले ती इण्डोनेसियन महिलाको तस्वीर फेसबुक मार्फत राखेर यौनकर्मी महिलाको रुपमा चिनाउन थाले ।
दुबईको गल्फ न्यूजका अनुसार फेसबुक मार्फत नै चिनाजान भएकी ती महिलालाई उनले तीन हजार दिराममा बेच्न खोजेका थिए । दुबई अदालतले ती व्यक्तिलाई मानव तस्करी गरेको, यौन दुव्र्यवहार गरेको तथा ती महिलालाई यौन व्यवसायमा लगाउन खोेजेको ठहर गर्दै पाँच वर्षको जेल सजायँ सुनाएको छ । पीडित महिलालाई घर इण्डोनेसिया फर्काइएको छ ।

ती महिला दुबर्ईमा घरेलु कामदारका रुपमा कार्यरत थिईन् । अदालतद्धारा दोषी ठहर भएका ति व्यक्तिलाई ति महिलासँग यौन सम्वन्ध राखेको र यूएईमा भिषा अवधिभन्दा बढीसमयसम्म बसेको समेत अभियोग लागेको छ ।